Wednesday, 13 April 2016

छोरा जन्माउन के गर्नुपर्ला ? सजिलो उपाय..

काठमाडौ । छोरा पाउन के गर्नुपर्ला ? यस्तो प्रश्न धेरैको मनमा हुन्छ र धेरैले यसका लागि अनेक प्रयास पनि गर्छन्।छोरीको तुलनामा छोरालाई बढी महत्त्व दिने हाम्रो सामाजिक मूल्य

(मान्यताका कारण हामीमा यस्तो सोच आएको हो, तर कुनै पनि समाज राम्रोसँग चल्न पुरुष तथा महिला दुवै चाहिन्छ। छोरा होस् वा छोरी, तपाईंको वंशाणु सन्तान दरसन्तान सार्ने काम दुवैले गर्छन्। हामीकहाँ छोराले मात्र वंशलाई निरन्तरता दिन्छ भन्ने मानिन्छ।

सांस्कृतिक रूपमा उक्त कुरा यो सही पनि हो, तर वैज्ञानिक आधार मान्ने हो भने छोरा तथा छोरी दुवैले वंशाणुलाई ओसार्ने कार्य गर्छन्। अर्कातिर तपाईंले छोरालाई मात्र बुढेसकालको भरोसा मान्नुपर्ने आधार पूर्ण सत्य होइन। अहिले धेरै छोरा भएर पनि

बुढेसकालमा हेर्ने कोही नभएर वृद्धाश्रम वा अन्य नातेदारको भरोसामा बाँच्नुपरेका उदाहरण धेरै छन् भने अर्कातिर छोरी भएर पनि राम्रोसँग घर(व्यवहार चलाएर जन्म दिने मातापितालाई राम्रोसँग हेरेका छन्। तपाईं नै एकपटक सोच्नुहोस् त, तपाईंका छोरीहरूले के सोच्दा हुन्, यदि उनीहरूले तपाईंहरू दुवैले नचाहेको अनुभव गरेको थाहा पाएको स्थितिमा।


यस्तो स्थितिमा तपाइरूप्रति उनीहरूको सम्बन्ध सामान्य नहुन सक्छ बाहिर सतहमा सामान्य देखिए पनि। त्यसैले छोरा कसरी पाउने भनेर अनावश्यक रूपमा धन र समय खर्च नगर्नुहोस्। कतिपय यस्ता दाबाले तपाइर्ंलाई भन्दा उनीहरूलाई नै फाइदा हुन्छ। अब तपाईंलाई थाहा भैसकेको हुनुपर्छ, यस्तै आधाजसो स्थितिमा छोरा हुन्छ र आधाजसोमा छोरी।


छोरा चाहनेहरूले यही स्थितिलाई उपचारको कारण मान्छन्। त्यसो गर्नुभन्दा जन्मिसकेका छोरीहरूको लालनपालन कसरी गर्ने, कसरी राम्रो शिक्षादीक्षा दिने, कसरी सबल र सचेत नागरिकका रूपमा विकास गर्ने कुरामा ध्यान दिनु उचित हो। मलाई पक्का विश्वास छ, तपाइर्ंका छोरीहरूले तपाईंलाई भविष्यमा गौरवान्वित तुल्याउनेछन्।- OSnepal

No comments:

Post a Comment