दैलेख, १३ बैशाख । पाल्पामा एक महिला आफ्नै श्रीमानबाट अपहरणमा परेको आशंका गरिएको छ ।
पाल्पा तानसेनमा अनमीको परिक्षा दिन गएको अवस्थामा अपहरणमा परेकी दैलेख लालीकाडा–५ बस्ने निर्मला विसीको प्रहरीले सकुशल उद्धार गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पीडित विसीले आफु अपहरण भएको भनी लालीकाडा–५ बस्ने बाबु सहबिर खड्कालाई आफ्नै मोवाईलबाट शनिबार जानकारी गराएकी थिइन् । उक्त घटनको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रानीमत्ताबाट आइतबार खटीएको टोलीले विसीलाई दैलेख गगलपानी–४ रानीमत्ता स्थित रिपिटर टावर नजिक काफलको बोटमा बाँधिरहेको अवस्थामा फेला पारी शकुसल उद्धार गरेको थियो ।
उनलाई अपहरण गर्ने कार्यमा अपरचित १ जना महिला र ३ जना पुरूषको संलग्न रहेको र पाल्पा तानसेनस्थित पाल्पा दरबार नजिकै १ जना मोटो कदकी महिलाले पीडितको श्रीमानको फोटो देखाँउदै एसलाई चिन्छस भन्दै मुख नजिकै हात लगेपश्चात उनी बेहोस भएको बताइएको छ ।
पीडित महिलाको श्रीमान दैलेख जिल्लाको अवलपराजोल स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत रहेको तथा श्रीमान र श्रीमतीबीच बिगत एक/डेढ बर्षदेखी सम्बन्ध राम्रो नभएको र घटनामा श्रीमानको योजना रहेको आशंका गरिएको छ ।
अपहरणकारीहरुले पीडितले चलाउने गरेको मोबाईलबाट उनको बुबालाई १५ दिन भित्र १० लाख रुपयाँ उपलव्ध गराउन पर्ने माग समेत राखेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal
Monday, 25 April 2016
‘डिभोर्स’ गरेकी श्रीमतीलाई अर्की महिला लगाएर श्रीमानले अपहरण गरेपछि…
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment