काठमाडौंं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आकर्षक बोनसका साथ ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले अब कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियाबाट आएको अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा बोनस पाउनेछन् ।
एनसेलले आफू मलेसियन टेलिकम कम्पनी एक्जियटा समूहमा आवद्घ भएको र नव वर्ष २०७३ को अवसरमा ल्याइएको यो योजना अन्र्तगत ग्राहकले कतार, मलेसिया, युएई र साउदी अरेबियाबाट आएको कल लिई कुरा गर्दा प्रत्येक ५ मिनेट पुरा हुनासाथ १५ रुपैयाँका दरले बोनस पाउनेछन् । यो अफर आइतबार (वैशाख ५) बाट लागु हुनेछ र एक महिनासम्म जारी रहनेछ ।
एनसेलका ग्राहकले कतार, मलेसिया, युएई र साउदी अरेबियाको कुनै पनि सेवा प्रदायकको नेटवर्कबाट आएको अन्र्तर्रािष्ट्रय आगमन कलमा बोनस प्राप्त गर्नेछन् । पहिलो ५ मिनेट पश्चात ग्राहकले ३० मिनेट सम्म प्रत्येक ५ मिनेटको १५ रुपैयाँका दरले बोनस पाउन सक्छन् । जस अनुसार ग्राहकले ९० रुपैयाँ सम्म बोनस पाउन सक्छन् ।
‘कल आयो पैसा पायो हाम्रो तर्फबाट हाम्रा ग्राहकलाई नयाँ वर्ष २०७३ को शुभकामना हो । ग्राहकले मलेसिया, कतार, युएई र साउदी अरेबियामा रहेका आफ्ना प्रियजनबाट आएको फोन उठाएर आकर्षक बोनस प्राप्त गर्दै एनसेल नेटवर्कमा रहेका अन्य आफन्त तथा साथीभाइसँग थप सम्पर्कमा रहन सक्नेछन्,’ एनसेलका ईन्टरप्राइज निर्देशक प्रणय आचार्यले भने ।
ग्राहकले पाएको बोनस २४ घण्टाका लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस, एमएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन पनि कम्पनीले जानकारी दिएको छ ।- bizmandu.com
Advertisement
Saturday, 16 April 2016
एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, प्रत्येक ५ मिनेट पुरा हुनासाथ १५ रुपैयाँ बोनस दिने
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment