सबैभन्दा धेरै पारिश्रमिक अस्ट्रेलियामा दिइने गरेको एक रिपोर्टले सार्वजनिक गरेको छ। अर्गनाइजेसन फर इकोनोमिक को अपरेसन एण्ड डेभ्लप्मेन्ट (ओइसिडी) ले विश्वका २७ देशको न्यूनतम ज्यालाको रिपोर्ट सार्वजनिक गरेको हो। सन् २०१५ मा जारी यो रिपोर्ट सन् २०१३ को तथ्यांकका आधारमा तयार गरिएको बताइएको छ।
रिपोर्ट अनुसार अस्ट्रेलियामा करबाहेक प्रतिघण्टा ९.५४ अमेरिकी डलर न्यूनतम ज्याला दिइन्छ जो अध्ययन गरिएका २७ देशमा सबैभन्दा धेरै हो। त्यस्तै दोस्रो नम्बरमा लक्जेम्बर्ग परेको छ जहाँ न्यूनतम ज्याला करबाहेक ९.२४ अमेरिकी डलर छ। त्यस्तै तेस्रो नम्बरमा बेल्जियम परेको छ जहाँ ८.५० अमेरिकी डलर न्यूनतम ज्याला पाइन्छ।
न्यूनतम ज्याला धेरै भएका १० देश यी हुन्ः
१. अस्ट्रेलिया
२. लक्जेम्बर्ग
३. बेल्जियम
४. अायरल्याण्ड
५. फ्रान्स
६. नेदरल्याण्ड्स
७.न्यूजिल्याण्ड
८. जर्मनी
९. क्यानडा
१०. यूके
Friday, 22 April 2016
कुन देशमा पाइन्छ सबैभन्दा धेरै पारिश्रमिक?
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment