त्यो जिन्स प्यान्टको दाहिनेपट्टीको खल्तीमाथि हुने सानो खल्तीलाई त सबैले याद गर्नुभएकै होला। त्यसैको ठ्याक्कै तलपट्टी त्यत्रो ठूलो खल्ती हुँदाहुँदै किन सानो खल्ती राखिएको होला? गोप्य खल्ती हो भनौँ भने ठ्याक्कै देखिने ठाउँमा नै छ।
त्यसो भए, त्यो सानो खल्तीको काम के हो त?
जिन्स प्यान्टको फेसन आउन थालेदेखि मानिसहरूले त्यो खल्तीलाई धेरै कामको लागि प्रयोग गर्दै आएका छन्, तर सायद धेरैलाई यो के को लागि हो भनेर थाहा नहुन सक्छ।
गितार बजाउनेहरू अधिकांशले यो खल्तीमा ‘गितारको पिक’ राख्ने गरेको पाइन्छ।
ठूलो झोलामा सानो पेन ड्राइभ राख्दा चाहिएको बेलामा भेट्टाउनै गाह्रो हुन्छ, त्यो त सबैलाई थाहै होला। यहि कारणले गर्दा पनि अधिकांशले त्यो सानो पेन ड्राइभलाई सानै खल्तीमा राख्ने गर्दछन्।
कसैले यसलाई ‘कण्डम राख्ने खल्ती’ पनि भन्छन्।
धेरैले यो सानो खल्तीमा पैसाको सिक्का राख्ने गर्छन्।
आ-आफ्नै प्रयोजनको लागि यो खल्तीको प्रयोग हुने भएपनि यसको सुरुवात के को लागि भएको थियो?
वास्तवमा, यो खल्तीमा घडी राख्नको लागि बनाइएको थियो।
सन् १८०० ताका, विदेशी ‘काउब्वाइ’हरूले आफ्नो घडीलाई चेनमा बाँधेर आसकोटभित्र राख्ने गर्दथे। यसरी आसकोटभित्र राख्दा सजिलैसित घडी हराउने अथवा बिग्रने गर्दथ्यो। यहि कारणले गर्दा नै ‘लिभाइ स्ट्रस’ (Levi Strauss) ले प्यान्टको खल्तीनजिकै सानो खल्ती बनाएका थिए, जहाँ घडीलाई सुरक्षित राख्न सकिन्थ्यो।
Monday, 4 April 2016
के तपाईँलाई थाहा छ? जिन्स प्यान्टको दाहिने पट्टि हुने सानो खल्ती केको लागि हो?
Labels:
Belive or Not
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment