काठमाडौं, ६ बैशाख । राजधानीमा गुण्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
उपत्यकामा केही व्यवसायीहरुलाई डरत्रास देखाई जबरजस्ती रकम माग्ने, माग बमोजिमको रकम नदिएमा आफुले जे पनि गर्न सक्ने भन्दै हिँड्ने काठमाडौं महानगरपालिका–३४ पुरानो बानेश्वर बस्ने ४६ वर्षीय सत्यनारायण मानन्धरलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले सोही ठाउँबाट आइतबार पक्राउ गरेको हो ।
मानन्धर २०४८ बैशाख १ गते काठमाडौं पुरानोबानेश्वर कात्तेनीचोक बस्ने धरानका ३० वर्षीय काल्दिप भन्ने कालीबहादुर राईलाई भिमसेनगोलामा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा २०५० आसार ७ गते पक्राउ परी कर्तव्यज्यान मुद्दामा अभियोग ठहर भई ४ वर्ष ३ महिना जेलसजाय भुक्तान गरी २०५४ सालमा छुटेका थिए ।
जेलबाट छुटेर गुण्डागर्दीमा संलग्न भएको अवस्थामा प्रहरीले उनलाई पक्रेको हो ।
मानन्धरलाई आवश्यक कारबाहीको लागि महाशाखाले सोमबार महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाएको छ ।
यस्तो छ घटना विवरणः
उपत्यकामा केही व्यवसायीहरुलाई डर, धम्कि, त्रास देखाई जबरजस्ती रकम माग्ने, माग बमोजिमको रकम नदिएमा आफुले जे पनि गर्न सक्ने भन्दै हिड्ने जि.काठमाण्डौ का.म.न.पा. वडा नं. ३४ पुरानोबानेश्वर बस्ने बर्ष ४६ को सत्यनारायण मानन्धरलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले मिति २०७३र०१र०५ गते का.जि.का.म.न.पा. वडा नं. ३४ पुरानोबानेश्वरबाट पक्राउ गरि आवश्यक कारबाहीको लागि मिति २०७३र०१र०६ गते महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौमा पठाईएको ।
साथै निज मिति २०४८ बैशाख १ गते जि.धरान स्थायी घर भई का.जि.पुरानोबानेश्वर कात्तेनी चोक बस्ने वर्ष ३० को काल्दिप भन्ने काली बहादुर राईलाई का.जि.पुरानोवानेश्वर भिमसेन गोलामा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा मिति २०५० आषाढ ७ गते पक्राउ परी कर्तव्य ज्यान मुद्दामा अभियोग ठहर भई ४ वर्ष ३ महिना जेल सजाय भुक्तान गरी मिति २०५४ सालमा छुटेको देखिएको ।
dainiknepal
Monday, 18 April 2016
राजधानीमा पक्राउ परे अर्का गुण्डा
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment