Thursday, 7 April 2016

उमेरले छेक्दैन मायालाई, फेसबुकले जोड्यो अचम्मको नाता....

एजेन्सी । भनिन्छ मायालाई उमेर र अनुहारले छेक्दैन । साँचो माया भावनासँग जोडिएको हुन्छ ।
यो भनाईलाई भर्खरैको एक जोडीले प्रमाणित गरिदिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार एक जना अधवैशे अमेरिकी महिला र कलिला भारतीय युवकबीच फेसबुकबाटै प्रेम सम्बन्ध गाँसिएको छ ।
हुनत यी दुबैको उमेर आमा–छोराजतिकै छ । तर, पनि फेसबुकका कारण भारत अहमदावादका २३ वर्षे ठिटो हिमेशले अमेरीकाकी ४१ वर्षे महिला टेमेलीसँग प्रेम गरेर विहे पनि गरेका छन् ।
फेसबुकमा च्याटीङ हुदै भिडियो कलमार्फत उनीहरु नजिकिएका थिए । केही दिन अघि टेमेली हिमेशलाई भेट्न भारत आएकी थिईन् । त्यहीबेला उनीहरुले गाउँको एक मन्दिरमा बिबाह गरेका थिए । अब उनीहरु दुवै जना अमेरिका जादै छन् ।
यो खबरले विश्व नै तातेको छ भने दक्षिण एसियामा भाइरलै बनेको छ ।

No comments:

Post a Comment