Friday, 8 April 2016

जहाँ महिला र पुरुषको अण्डरवयर एकै ठाउँमा सुकाए जेल जानु पर्छ

एजेन्सी । अमेरिकाको मिनीसोटामा एउटै डोरीमा महिला र पुरुषको अण्डरवयर सुकाएको पाइएमा जेल सजाय हुने प्रावधान छ । सुन्दाखेरी नै अजिव लाग्ने यो कानुन मान्नैपर्ने बाध्यकारी नियम छ ।

त्यस्तै अमेरीकाकै ओकलाहामा यदि कसैले कुकुरसँग आँखा जुधाए पनि जेल जानुपर्छ । यो अनुमती यहाँको कानुनले दिएको हो । त्यसैले पनि कोही कसैले उक्त स्थानमा भ्रमणका क्रममा कुकुरसँग शर्तक रहनु आवश्यक हुन्छ ।

संसारकै अनौठो र कडा नियम कानुन भएको देश साउदी अरबमा वर्ष २०१५ अगाडी महिलाहरुलाई मतदान गर्ने अधिकार नै थिएन ।

फ्रांसमा सन् २०१३ भन्दा पहिले महिलाहरुले पाइन्ट लगाएर हिड्ने स्वतन्त्रता थिएन । केही समय अघि मात्रै यो नियम फुकवा भएपछि फ्रान्सका महिलाले स्वतन्त्रता प्राप्त गरेका हुन् ।
बुटवल न्युज

No comments:

Post a Comment