Monday, 11 April 2016

नेपाल टेलिकमले ल्यायो नयाँ वर्षको प्याकेज, विभिन्न सेवाहरुमा भारी छुट

नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा कम्पनीबाट संचालित विभिन्न सेवाहरुमा छुट उपलब्ध गराउने भएको छ । एनटिसिले जिएसएम र सिडिएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्क्भित्र हुने एसएमएसको महसुल दरमा ५० प्रतिशत छुट दिन लागेको हो ।
नेपाल टेलिकमले चैत ३० देखि बैशाख १ गतेसम्मका लागि विद्यमान महसुल दरमा छुट उपलब्ध दिन लागेको विज्ञप्ती जारी गरी जानकारी दिएको छ । जिएसएम प्रिपेड र पोष्टपेड सेवाका ग्राहकलाई १ सय एमबी डाटामा ५० रुपैयाँ ट्यारिफ उपलब्ध गराइने बताइएको छ । जुन ७ दिनसम्मा लागि चलाउन मिल्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment