एजेन्सी । मध्य प्रदेशका एक मेकानिक (गाडी बनाउने मिस्तिरी)ले पानीबाट चल्ने कारको आविष्कार गरेका छन् ।
रइस मकरानी नामका यी मेकानिकले मध्यप्रदेशको सागर जिल्लामा चार सिट भएको पानीबाट चल्ने कार बनाएका हुन् । आफ्नो प्रविधि लिएर चीन गएका रइसले त्यहाँको सियाग सहरमा विद्युतीय गाडीहरु बनाउने कम्पनीसँग थप उपकरण लिएर भारतमा पेट्रोलको सट्टा पानीबाट चल्ने कार निर्माण गरेका हुन् ।
समाचार अनुसार १५ वर्षदेखि मेकानिकल काम गरिरहेका रइस कहिल्यै स्कुल नपढेको र घरमा पढाएलेखाई नगरेका व्यक्ति हुन् । उनले आफ्नो कामको अनुभवबाटै पानीबाट चल्ने कार बनाएर चमत्कार गरेका हुन् ।
कसरी चल्छ ?
मेकानिक रईस सधैजस्तै एक गाडी बनाइरहेका थिए त्यही बेला उनको दिमागमा एउटा आइडिया आयो । उनले कारको इन्जिनमा बदलाब गरेर गाडीको फ्युल ट्यांकीमा पेट्रोलको सट्टा बानी र क्याल्सियम कार्बाइडको पाइप लगाए । त्यसपछि गाडीलाई स्टार्ट गर्दा इन्जिन अन देखायो । यो यति सजिलै भएको थिए, पुरै पाँच वर्ष लागेको थियो ।
अब उनको कार २० लिटर पानी र २ किलो क्याल्सियम कार्बाइडको मिश्रणबाट तयार हुने इन्धनले २० किलोमिटर गुड्छ । यो टेक्नालोजी अनुसार पानी र क्याल्सियम काबाइड मिलाउँदा एसिटिलीन पैदा हुन्छ र मेकानिक रईसद्धारा तयार एसिटिलीनबाट चल्ने इन्जिनमा यसलाई हालिन्छ । यसमा एसिटिलीन बन्ने वित्तिकै कार चल्न सुरु गर्छ ।
dainiknepal
No comments:
Post a Comment