Sunday, 3 April 2016

पहिलो पटक देउरानी-जेठानी एकै फिल्ममा

काठमाडौं । नेपाली चललित्रकी नायिका झरना थापा र शुभेच्छा थापा पहिलो पटक एकै फिल्ममा अभिनय गर्ने भएका छन् ।
नाताले एकैपरिवारका देउरानी–जेठानी पर्ने दुवै नायिकाले धेरै फिल्ममा अभिनय गरिसकेका छन् । तर, अहिलेसम्म सँगै देखिएका छैनन् । फिल्म क्षेत्रमा आएको लामो समयपछि अब भने दुबै नायिका एउटै फिल्ममा देखिने निश्चित भएको छ ।
हरि उदासीले निर्देशन गर्ने फिल्म ‘साथी तिमी नै हौऊ’मा दुवै नायिका एकसाथ देखिनेछन् । फिल्मलाई अर्जुन न्यापानेले निर्माण गर्न लागेका हुन् ।
सभ्य, सुशील नारीको भुमिकामा देखिने जेठानी झरना र नग्न तथा हट सिन दिन माहिर देउरानी सुभेच्छालाई फिल्ममा कस्तो अवतारमा देख्न पाइने हो त्यो हेर्न बाँकी नै छ ।

No comments:

Post a Comment