Thursday, 28 April 2016

चर्को दबाबको कारण १५ लाखमा टुंगोयो चाबहिलको ॐ हस्पिटलले सामन्य बिरामी मारेको काण्ड

अस्पतालको लापरबाहीको कारण मृत्यु भएकी सुमित्रा श्रेष्ठले उनकी जेठी छोरीका साथ-
तस्विर
बैशाख १६,काठमाडौ ।

चाबहिलको ॐ हस्पिटलको सामान्य अवस्थामा रहेको बिरामी लापरबाहीले मारेको काण्ड आज पीडित पक्ष र अस्पताल प्रशासन बिच टुंगोमा पुगेको छ । आशाका किरण लाई प्राप्त जानकारी अनुसार सुमित्रा श्रेष्ठ काण्ड १५ लाखमा टुंगिएको छ । डाक्टरको लापरबाहीबाट समान्य अवस्थामा रहेकी सुमित्रा श्रेष्ठको निधन भएपछि उत्पन्न बिवाद बार्षीक ३ लाख पीडित पक्षलाई ५ बर्ष सम्म लगातार दिने सर्तमा टुंगिएको हो ।

मिडिया र पिडित पक्षको दबाब झेल्न नसकेर हस्पिटल प्रशासन सो निर्णयमा पुगेको हो । गर्भास्था मा रहेकी श्रेष्ठलाई हस्पिटलको लापरबाहीले मृत्यु भएको थियो । अस्पताल प्रशासन र पिडित पक्षको बिच आज पीडितलाई १५ लाख दिने सहमती भएको हो ।
सामान्य बिरामी मार्ने र १५ लाख दियेर दोषीलाई उन्मुक्ती दिने प्रथाले अर्की सुमित्रा श्रेष्ठ को मृत्यु हुदैन भन्न सकिन्न ।

अस्पताल प्रशासनले अफुमा सुधार ल्याउनुपर्ने र नियमन निकायले दोषीमाथी कारबाही गरेमात्र एस्ता घटना रोकिने देखिन्छ । एक जना सुमित्रा त बिदा भईन आब यस्ता घटना नदोहोर्याउन सबै सजक हुनुपर्छ होइन र ?
- Online Khabar News

No comments:

Post a Comment