Friday, 8 April 2016

दुई घण्टासम्म चलेको दोहोरो झडपमा तीन प्रहरीसहित चारको मृत्यु

अफगानिस्तानको राजधानी काबुलबाट २१५ किलोमिटर उत्तरमा पर्ने इबाक क्षेत्रनजिकै रहेको समानगान प्रान्तको रबाताक क्षेत्रमा शुक्रबार भएको झडपमा परी कम्तीमा तीन प्रहरीसहित चार व्यक्तिको मृत्यु भएको समाचार छ ।

एकजना वरिष्ठ प्रहरी अधिकारीले सो जानकारी दिनु भएको छ । रबाताक क्षेत्रमा रहेको एक प्रहरी चौकीमा शुक्रबार विहान सबेरै तालिवानको एक समूहले गरेको गोली प्रहारपछि सुरक्षाबल र तालिवानबीच भएको दोहोरो गोली हानहान भएको बताइएको छ ।
सो झडपमा परी तालिवान कमाण्डर मुल्लाह नुरहमान र तीन प्रहरीको मृत्यु भएको प्रहरी प्रवक्ता सयेद मुल्लाह नुरहमाानले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

दुई घण्टासम्म जारी यस दोहोरो झडपमा अन्य पाँच आतङ्ककारी घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । रासस÷सिन्ह्वा

No comments:

Post a Comment