काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विरामी भएर उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएकी सभामुख ओनसरी घर्तीालाई आइतबार भेटेका छन् ।
अस्पतालमा पुगेर प्रम ओलीले सभामुख ओनसरी घर्तीको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
सभामुख घर्तीलाई झाडा पाखाला र बान्ता हुने समस्या भएपछि बिहानन अस्पताल भर्ना गरिएको परिवारका सदस्यले जनाएका छन् ।
प्रधानमन्त्री ओलीले अस्पताल व्यवस्थापनालाई सभामुखको उपचारमा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका थिए ।
- अन्नपूर्ण पोस्ट्
No comments:
Post a Comment