Sunday, 17 April 2016

यी हुन हजार-हजारका नोटले भरिएको रातो झोला भेट्टाउने प्रहरी जवान

महानगरी प्रहरी वृत सातदोबाटोमा कार्यरत प्रहरी जवान मक्कुलाल थारुले डियुटीमा खटिएका बेला उक्त रातो झोला फेला पारेको ललितपुर प्रहरीका प्रवक्ता किसन सिंह थापाले जानकारी दिए ।

नगद तथा सरसमान भेटिएको उक्त झोलालाई ललितपुर प्रहरी सुरक्षित साथ राख्दै हराएका व्यक्तिलाई स–प्रमाण प्रहरी परिसर ललितपुरमा सम्पर्क राख्न आग्रह समेत गरिएको छ ।

उक्त झोलामा ३७ हजार ८६५ नगद, १६५० भारतीय रुपैयाँ, महिलाका कपडाहरु र पुजाका सामाग्रीहरु भेटिएका छन् । दैनिकनेपालमा समाचार छ |

No comments:

Post a Comment