भरतपुर । चितवन निकुञ्जका गैंडामा क्षयरोग देखा परेको छ । यसअघि निकुञ्जकै हात्तीमा उक्त रोग देखिएको थियो । अधिकांश हात्तीमा रोग निको भइसकेको छ ।
त्यसको तुलनामा गैंडाको समस्या पार लगाउन असहज भएको संरक्षणकर्मीको भनाइ छ ।निकुञ्जको पश्चिम सेक्टरमा मृत भेटिएको गैंडाको फोक्सो परीक्षण गर्दा क्षयरोग फेला परेको हो । उक्त गैंडा ०७१ फागुन ५ गते मृत भेटिएको थियो ।
परीक्षण क्रममा फोक्सोमा संक्रमणको शंका भएपछि काठमाण्डुस्थित जर्मन–नेपाल क्षयरोग केन्द्रमा नमुना पठाइएको थियो । कल्चरबाट आठ साता नमुना राख्दा क्षयरोगका कीटाणु भेटिए । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।
Thursday, 14 April 2016
गैंडाको फोक्सो चिरेर हेर्दा यस्ताे पाे थाहा भयो ………
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment