थिची हत्या !
राजविराज-सात बर्षीय आफ्नै देवरको घाँटी थिचेर हत्या गरेको अभियोगमा भाउजु संजिलादेवी साह (यादव) लाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरेको छ।
सोमबार राति सात बर्षीय देवर प्रमोदकुमार साहको घाँटी रेटेर हत्या गरेको आरोपमा संजुलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सप्तरीको फकिरा गाविस घर भई हाल राजविराज–५ कृष्ण नगरमा दाजु विनोद साह र भाउजु संजिला सँगै बस्दै आएका प्रमोद सोमबार राति ८ बजेदेखि हराएको विवरणसहित प्रहरी लगायत आफ्न्तलाई भाउजु संजुलाले नै जानकारी गाएके थिइन्।
प्रहरीकाअनुसार प्रमोदका दाजु विनोद विवाहको निम्तो मान्न भारतको सुपौल जिल्लाको निर्मली भन्ने स्थानमा गएका थिए। मृतककी दिदी १३ बर्षीया रञ्जना कुमारी साह साथिको जन्मदिन मनाउन छिमेकी ऋतिका चौधरीको घर गएको मौकामा भाउजु संजिलाले सात बर्षीय अवोधको घाँटी थिचेर हत्या गरेका प्रहरीको वयानमा छ।
हत्या पश्चात संजिलाले ससुरालगायत आफन्तलाई प्रमोद हराएको भनि फोनमार्फत जानकारी गराएकी थिइन्। ८ बजेतिर हत्या गरेर शवलाई ११ बजे रातिसम्म घरमै लुकाएर राखेको र सुनसान रात भएपछि सोही रात शवलाई घरबाट करिब ८ सय मिटर दक्षिणमा रहेको राजविराज नगरपालिका वडा नम्बर ६ स्थित पुल्चोक भने ठाउँमा रहेको पुलबाट तल फालेको डिएसपी कार्कीले वयानको विवरण उदृत गर्दै सुनाए। संजिलाले अपराध स्वीकारेको कार्कीले बताए। हाल संजिलालाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि राखिएको छ भने उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा समेत अगाडि बढाईएको कार्कीले बताए।sajha page
Wednesday, 11 May 2016
२० बर्षीय भाउजुले ७ बर्षीय देवरको घाटी थिची हत्या !
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment