काठमाडौँ– अहिले नर्सिङ पढिरहेकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उनी मात्र होइन उनका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उनले कुनै उपचार गराएकी छैनन् ।
किन उपचार नगराएको भन्ने प्रश्नमा उनको जवाफ थियो – लाज लागेकाले अरुलाई यसबारेमा नबताएकी हुँ । के कारणले यस्तो भएको हो भन्नेबारेमा उनलाई जानकारी पनि छैन ।
महिनावारी हुने समयमा लगातार सेतोपानी बग्ने समस्याले ४१ वर्षीया रीना थापालाई पनि सताएको छ ।
निरन्तर योनीबाट सेतोपानी बग्ने समस्या भएपछि ४४ वर्षीया रीता शर्माले लज्जावती झारलाई पिँधेर खाएको बताइन् ।
धेरै महिलालाई यस्तो समस्या भए पनि उनीहरु चिकित्सककहाँ जान लजाउने भएकाले यिनको उपचार हुन नसकेको बताउँछन् प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल ।
उनले महिलामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्येको एक ‘योनीबाट सेतोपानी बग्ने’ पनि भएको बताए ।
कतिपयले यसलाई सामान्य रुपमा लिएका हुन्छन् त कतिपयले खतरनाक मानेका हुन्छन् ।
स्त्रीरोग विशेषज्ञ तथा प्रसूति गृहका निर्देशक डा जागेश्वर गौतम सेतोपानी बग्दैमा आत्तिइहाल्नुनपर्ने तर सेतोपानी बग्छ र त्यो गन्हाउँछ भने त्यसबेलाचाहिँ सतर्क भई स्वास्थ्य परीक्षण गराइहाल्नुपर्ने सुझाव दिन्छन् ।
उनले भने – ‘‘सामान्यतः कुनै पनि महिलाको भित्र फूल बन्ने बेलामा वा फर्मुलेसन हुने बेलामा चिप्लो पानी जान्छ । त्यसैले यो सामान्य प्रक्रिया हो । यदि पोल्दैन, दुख्दैन, गनाउँदैन भने धेरै आत्तिइहाल्नुपर्दैन । तर सेतोपानी जाँदा साह्रै गन्हाउँछ वा प्याड नै लगाएर हिडँनुपर्ने भयो वा चिलाउने पोल्ने भयो भने त्यस्तो बेलामा उपचार गर्नुपर्दछ ।’’
तीस वर्ष पुगेको महिला छन् भने पाठेघरको मुखको जाँच प्याप स्मेर गर्नुपर्छ । अझ सुविधा छ भने ‘लिक्युड बेस साइल्कोजी’ बाट जाँच गर्नु झन् राम्रो हुन्छ । त्यसमा सामान्य नतिजा आयो भने सेतोपानी आएर केही हुँदैन ।
कहिलेकाहीँ पाठेघरको भित्र नै ट्युमर वा क्यान्सर भएरै सेतोपानी बगेको हो कि भन्ने पनि हुनसक्छ । त्यस्तो बेलामा चिकित्सकलाई देखाउनुपर्छ । देखाउँदा सामान्य रहेको नतिजा आए सेतोपानी पछि आफैँ रोकिएर जान्छ ।
तर यस्ता समस्याबाट बच्न सरसफाइमा पनि ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो समस्या बढ्दै गएमा अन्य खतरा नआओस् भनी चिकित्सककोमा गई जाँच गराउनुपर्दछ । आफैँले घरायसी उपचार पद्धति अपनाउनुको साटो स्त्री रोग विशेषज्ञकोमा गई उपचार गराउनु भरपर्दो हुन्छ ।ratopati
Thursday, 12 May 2016
जानी राखौ : महिलाका लागि सेतोपानी बग्ने समस्या कति खतरनाक ?
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment