तेह्रौं शताब्दीमा यूरोपमा पोपको शासन अन्तर्गत इसाई जगतलाई एकजुट गर्ने अद्भूत र अन्ततः विष्प्रभावी संघर्ष जारी थियो । त्यतिनै बेला एसियाको अझ ठूलो मञ्चमा त्यसभन्दा पनि धेरै महत्पवूर्ण घटनाहरु घटिरहेका थिए ।
चीनको उत्तर स्थित क्षेत्रको तातारहरुले संसारको राजनीतिमा अचानक प्रमुखता हासिल गरे र एकपछि एक यस्ता विजयहरु प्राप्त गरे जसको बराबरीको कुनै घटना इतिहासमा उपलब्ध छैन । ति मंगोलहरु थिए । तेह्रौं शताब्दीको प्रारम्भमा यी मानिसहरु घुमक्कड घोडसवारहरुको झुण्ड थिए जो आफ्ना पूर्वजहरु हुँडहरु जस्तै मासु र घोडाको दुधमा गुजारा गर्दथे तथा छालाबाट बनाइएका टेन्टहरुमा रहन्थे ।
उनीहरु स्वयम्ले चीनी प्रभुत्वबाट स्वतन्त्रता प्राप्त गरेका थिए र कयौं अन्य तुर्क कविलाहरुसँग मिलेर एक सैन्य महासंघ बनाएका थिए । यसको केन्द्रीय क्याम्प साइबेरियामा ओनों नदीको किनारामा थियो ।
यसबेला चीन विभाजित स्थितिमा थियो । तांग राजबंश दशौं शताब्दीमा नै क्षीण भएर समाप्त भइसकेको थियो र युद्धरत राज्यहरुको बीचमा विभाजनको एक क्रमपछि तिनका प्रमुख साम्राज्य बनिरहे । उत्तरमा ‘किन’को साम्राज्य थियो जसको राजधानी पेकिंग थियो तथा दक्षिणमा सुंगको साम्राज्य थियो जसको राजधानी नानकिंग थियो । हिसिया यी दुवैको बीचमा थियो । ई. ११२४ मा मंगोल महासंघको नेता नंगेज खानले किन साम्राज्यमाथि आक्रमण गरिदियो र पेकिंग कब्जामा लियो । त्यसपछि उ पश्चिमतर्फ मोडियो र पश्चिम तुर्किस्तान, पर्सिया आर्मीनिया, लाहौरसम्म भारतलाई तथा हंगेरी र साइलेसियासम्म दक्षिणी रुसलाई जित्यो । उ एक यति ठूलो साम्राज्यको शासकको रुपमा उदायो की उसले प्रशान्त महासागरदेखि पीपर नदीसम्म उसको साम्राज्य फैलियो ।
उसको उत्तराधिकारी ओगदई खानले मंगोलियाको कराकोरममा स्थायी राजधानीको स्थापना ग¥यो र आश्चर्यजनक विजयहरुको अभियानलाई जारी राख्यो । उसका सेनाहरु धेरै उच्च दक्षतासँगै संगठित थिए र तिनीहरुसँग चीनसँग खोसेको बारुदपनि थियो । जसलाई उनीहरु साना बन्दुकहरुमा प्रयोग गर्देथे । उसले किन साम्राज्यको विजय पुरा ग¥यो र आफ्नो सेनाहरुलई एसियालाई पार गराउँदै रुसको लागि पठायो जुन एक अद्भूत रवाना थियो । ई. १२४० मा किवलाई नष्ट ग¥यो र लगभग पुरा मंगालहरुलाई कर दिने बाध्य बनायो । पोल्याण्डलाई कब्जा ग¥यो र ई. १२४१मा दक्षिणी साइलेसियामा लिगनित्जको लडाईंमा पोलो र जर्मनहरुको एक मिलि जुली सेना काटियो यस्तो प्रतित हुन्छ कि सम्राट पे्रmडरिक द्धितियले यस ज्वारलाई रोक्नको लागि कुनै प्रयार गरेनन् ।
‘रोमन साम्राज्यको अवन्नति र पतन’ शीर्षक गिवनको पुस्तकको आफ्नो नोटमा बरी भन्दछन् कि रोमन इतिहासले वर्तमानमा यो बुझाउन शुरु गरेको छ कि मंगोल सेनाको सफलताहरु, जसले ई. १२४१ के वसन्तमा पोल्याण्डलाई नष्ट गर्दै हंगेरीमा कब्जा गरेको थियो, उत्कृष्ट रणनीतिका कारण उक्त सफलता प्राप्त भएको थियो । मंगोलसँग सेनाको संख्या अति नै धेरै थियो । तर यो तथ्य अहिलेसम्म सबैलाई ज्ञात हुन सकेको छैन । यो नराम्रो विचार अहिले पनि प्रचलित छ की तातारहरु असभ्य मानिसहरुका झुण्ड थिए र केवल आफ्नो विशाल संख्याको बलमा आफ्नो समक्ष आउने हरेक चीजलाई सामना गर्दथे तथा बाधाहरु भएर अत्यन्तै छिटो दौडन्थे र तिनलाई मात्र बजनद्धारा टाढा हटाइदिन्थे । दक्षिणी वेस्तुलादेखि ट्रासेल्वानियासम्म विस्तुत अभियानमा जुन समयनिष्ठा र प्रभावोत्पादकतासँगै सारा प्रवन्ध गरिएका थिए । त्यो अदभूत थियो । यस्तो अभियान त्यस समयको यूरोपीय सेनाको क्षमताबाट पूर्ण रुपले बाहिर थियो र त्यो कुनै पनि यूरोपीय सेनानायकको बुद्धिभन्दा पर थियो । फ्रेडरिक द्धितियदेखि लिएर उ भन्दा पहिले यूरोपमा कुनै पनि यस्तो नजरल थिएन जो कि रणनीतिको मामलामा वरिष्ठताको तुलनामा हालै काम सिक्नेवाल नरहेको होस् । यस तथ्यमा पनि ध्यान दिनुपर्दछ की मंगोलहरुले हंगेरीको राजनीतिक स्थिति तथा पोल्याण्डको स्थितिको पूरा ज्ञान प्राप्त गरेपछि मात्र आफ्नो अभियान शुरु गरेका थिए । उनीहरुले एक सुसंगठित गुप्तचर र स्ववस्थाको माध्यमबाट स्वयमलाई सूचित गरिरहनमा पूरा ध्यान दिएका थिए । र, अर्को हंगेरियाली र इसाई शक्तिहरुको केटाकेटी असभ्यहरुको जसरी आफ्ना शत्रुहरुको विषयमा मुश्किलले मात्र केही जान्दथे ।
मंगोल यद्यपि लीगनित्जको लडाईंमा सफल भएका थिए, तर उनीहरुले आफ्नो अभियानलाई पश्चिमतर्फ जारी राखेनन् । अब उनीहरु जंगली र पहाडी क्षेत्रहरुमा पुगिरहेका थिए र तिनको कार्यनीति यस्ता क्षेत्रहरुमा अभियानको लागि समुचित थिएन । यसकारण उनीहरु दक्षिण पश्चिमतर्फ मोडिए र आफ्नो सजातीय मगियारहरुलाई ठीक त्यसरी नै हत्या गर्दै अथवा आत्मसात गर्दै, हंगेरीमा बस्ने कुराको फैसला गरे । जसरी कि यी मगियारहरुले यसभन्दा पहिले मिलजुल गरेका सीथियनहरु, अवारहरु तथा हुँणहरुलाई हत्या अथवा आत्मसात गरेका थिए । हंगेरीका मैदानहरुमा उनीहरुले संभवतः पश्चिम र दक्षिण तर्फ धावा बोलेका थिए जस्तो कि हंगेरियाइहरुले नवौं सताब्दीमा, अवारहरुले सातौं र आठौं सताब्दीमा र हुँणहरुले पाँचौं शताब्दीमा गरेका थिए । तर, आगदईको मृत्यु अचानक हुनगयो र ईं १२४२ मा उत्तरधिकारको विषयमा समस्या खडा हुनगयो । यसकारणले फिर्तिको आदेश भएको कारण मंगोलहरुको पराजित सेनाहरु हंगेरी र रुमानियालाई पार गर्दै फिर्ता हुन थाले ।
यसपछि मंगोलहरुले आफ्नो ध्यान एसियामा विजय गर्नमा केन्द्रित गरे । तेह्रौं सताब्दीको मध्यसम्म उनीहरुले शुंग साम्राज्यलाई जितिसकेका थिए । ई. १२५१ म मंगु खान महान खानको रुपमा ओगदई खानको उत्तरधिकारी बन्यो र उसले आफ्नो भाई कुब्लई खानलाई चीनको गर्भनर नियुक्ति ग¥यो । ई. १२८० मा कुब्लई खानलाई चीनको सम्राटको रुप्मा औपचारिक मान्यता दिइयो र यसप्रकार युवान राजवंश स्थापना भयो जसले ई. १३६८ सम्म शासन गरिरह्यो । जब चीन मंगू खानको भाई हुलगु गान पर्सिया र सीरियालाई वीजित गरिरहेको थियो त्यसबेला मंगोलहरुले इस्लामप्रति कटु वैरभाव प्रर्दशन गरे र बगदाद सहरमा कब्जा गरेपछि त्यहाँको आवादीको कत्लेआम गरे त्यस अति प्राचीन सिंचाई व्यवस्थालाई नष्ट गरे यसले सुमेरियाको प्राची
Tuesday, 24 May 2016
मंगोलहरु विजय उत्सव मनाउँदै यसरी आईपुगेका थिए भारतसम्म
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment