२६ वैशाख, काठमाडौं ।
सरकारले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यताका कारण राष्ट्रपतिको भारत भ्रमण रद्द गरिएको दाबी सरकारले गरेको छ ।
निर्धारित भ्रमण सुरु हुनु ७२ घन्टाअघि मात्र राष्ट्रपतिको यात्रा रद्द गरेर भारतसँग सम्बन्धलाई सरकारले गम्भीरता नलिएको आरोप लागिरहेका बेला उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संसद्मा यस्तो स्पष्टीकरण दिएका हुन् ।
उनले राष्ट्रपति भ्रमण रद्दसँगै नयाँ दिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय एकअर्कासँग सम्बन्धित नरहेको पनि बताए ।
तर, मन्त्री थापाको स्पष्टीकरण अर्का उपप्रधान तथा रक्षामन्त्री एमाले नेता भीम रावलको दाबीभन्दा फरक छ । रावलले केपी ओली सरकारलाई गिराउन सक्रिय रहेको, एकजना विदेशी राजदूतसँग संवेदनशील तराई क्षेत्रमा सँगै कार्यक्रम गरेको र सरकारलाई जानकारी नगराई आफ्नो कार्यक्षेत्रबाहिर गएको जस्ता कारणले उनलाई फिर्ता बोलाएको दाबी रिपोर्टर्स क्लबमा गरेका थिए ।
थापाले संसद्मा दिएको बयानमा राजदूत उपाध्यायलाई व्यक्तिगत गतिविधि या राजनीतिक पृष्ठभूमिका कारण फिर्ता नबोलाएको स्पष्ट पारेका थिए ।
मन्त्री थापाले मुलुकभित्रको पछिल्लो राजनीतिक घटनाक्रम, पूर्वनिर्धारित राष्ट्रपतिद्वारा संसद्मा प्रस्तुत गर्नुपर्ने नीति तथा कार्यक्रम सम्बोधन र भारतको उज्जैनमा भएको प्राकृतिक विपत्तिका कारण राष्ट्रपतिको भारत भ्रमण स्थगित गर्नुपरेको जानकारी दिए ।
‘भारतको उज्जैनमा धार्मिक कार्यक्रममा सहभागिताका लागि भारतका राष्ट्रपतिबाट हाम्रा राष्ट्रपतिलाई निमन्त्रणा प्राप्त भएको थियो’, थापाले भने, ‘तर केही दिनयता विकसित राजनीतिक घटनाक्रम, संसद्को चालू अधिवेशनमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तथा उज्जैनमा भएको प्राकृतिक प्रकोपका कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको जानकारी भारत सरकारलाई गराएका छौं ।’
उज्जैनमा भएको प्राकृतिक विपत्तिमा ६ जनाको ज्यान गएको जानकारी सरकारलाई आएको थापाले बताए । राष्ट्रपति भण्डारीले आइतबार संसद्मा सरकारको नीति तथा कार्यक्रमसहित सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीलाई भ्रमणका लागि आमन्त्रण गरेकोमा भारत सरकारलाई धन्यवाद दिइएको र उपयुक्त समयमा कूटनीतिक माध्यमबाट समय निर्धारण गरी भ्रमण गरिने जानकारी भारत सरकारलाई गराएको पनि परराष्ट्रमन्त्री थापाले बताए । अन्नपूर्ण पोष्टमा खबर छ ।nepaliheadlines
Saturday, 7 May 2016
‘राजनीतिक घटनाले राष्ट्रपतिको भ्रमण स्थगित’
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment