!सीमानाकाको धर्ना छाडेर मधेशकेन्द्रित दलहरु आन्दोलन गर्न राजधानी आएका छन् । संविधानसभाबाट संविधान जारी हुनुभन्दा पहिले नै संविधान निर्माण प्रकृयाप्रति विमति राख्दै गत साउन ३० गतेबाट सुरु भएको मधेश आन्दोलन– सदरमुकाम र दशगजाहुँदै राजधानी आइपुगेको हो ।
प्रदेशहरुको सीमाङ्कन परिमार्जनसँगै जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनु पर्ने, राज्यका प्रमुख सरकारी निकायमा समानुमातिक समावेशीका आधारमा प्रतिनिधित्व हुनु पर्ने, पहिचानका आधारमा प्रदेशहरु निर्माण हुनु पर्ने, अंगीकृत नागरिकता पाउनेले पनि सरकारको नेतृत्व गर्न पाउनु पर्नेलगायतका मागहरु राखेर मधेशी मोर्चा निरन्रतर आन्दोलन गरिरहेको छ ।
पछिल्लो समय पहिचानका लागि आन्दोलन गरिरहेका भनिएकाहरु पनि मिसिएर संघीय गठबन्धन बनाइएको छ, र त्यहीं गठबन्धनले अहिले राजधानी केन्द्रित आन्दोलन सुरु गरेको छ । जसअनुसार उनीहरुले आइतबार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार घेराउनको कार्यक्रम राखे ।
निर्णायक आन्दोलनका लागि भन्दै गठबन्धनका नेता तथा कार्यकर्ता काठमाडौंमा छन् । उनीहरु आफ्नो माग सम्बोधन नभएसम्म जिल्ला नफर्कने वताइरहेका छन् । तर सरकार भने आन्दोलनरत पक्षको जायज माग सम्बोधन गर्न कुनै समस्या नभएको वताइरहेको छ । केही दिनअघि मात्रै सरकारले आन्दोलनरत पक्षलाई वार्ताको लागि औपचारिक आग्रह गरेको थियो । तर मोर्चाले सरकार वार्ताप्रति गम्भीर नभएको र वार्ताको कुरा नौटङ्कि मात्रै भएको प्रतिक्रिया दिएर आन्दोलनलाई निरन्तरता दिएको छ ।
यसअघि पटक पटक गरेर २७ पटक भएको वार्ता निष्फल भएको भन्दै मोर्चाले यसपटकको सरकारी आग्रहलाई बेवास्ता गर्दै आन्दोलन गरेको हो । यससँगै आन्दोलनरत पक्षका केही मागहरु पूरा गर्नै नसकिने प्रकृतिको भएको सरकारी भनाइ पनि सार्वजनिक भइसकेको छ । कतिपय मागहरु राष्ट्रहीत विपरित रहेको निष्कर्षसहित सरकारले पूरा गर्न नसक्ने वताएको छ ।
अहिले संघीय गठबन्धनको नाममा आन्दोलन भए पनि यसको जग भनेको मधेश आन्दोलन नै हो । र मधेश आन्दोलनलाई कतिपयले नियतै खराब भएको विश्लेषण पनि गरेका छन् । ६ महिना लामो मधेश आन्दोलनमा भएका कतिपय घटनाले आन्दोलनको नियतमाथि नै शंका उब्जाइदियो । खासगरी मधेश आन्दोलनमा भारतीय सहयोग रहेको शंकालाई केही घटनाहरुे पुष्टि नै गरिदियो । जस्तो : मधेशी मोर्चाले नाकाबन्दी घोषणा गर्नुभन्दा अघि नै भारतले नाकाबन्दी गरिदिनु, भारतले नाकाबन्दी खोलेपछि मधेशी मोर्चाले नाकाबन्दी खुलेको घोषणा गर्नु, मधेश केन्द्रित दलका नेताहरु भारतको बिहारमा गएर आन्दोलनमा सहयोग गरिदिन आग्रह गर्नु, आन्दोलनका क्रममा प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु हुनु आदी ।
नेपालको संविधानप्रति विमति राखेर देशमै नाकाबन्दी गर्नुजस्तो क्रुर काम गर्नुले पनि मधेशका दलहरुले आमनागरिकको संवेदना बटुल्न सकेका छैनन् । ४ महिना मधेश ठप्प हुँदा मधेशका नागरिकसँगै देशैभरका नागरिकको दैनिकी कष्टप्रद भयो । नाकाबन्दी देशको अर्थतन्त्र नै अस्तव्यस्त भयो । तर, आन्दोलनकारीले जुनविन्दूबाट आन्दोलन उठेको थियो, त्यहीं विन्दुमा पु¥याएर आन्दोलन छाडिदिए । आन्दोलनबाट केही पनि उपलब्धि भएन, नाकाबन्दी जस्तो अन्तिम अस्त्र प्रयोग गरिएको आन्दोलन पनि निष्फल भएपछि मधेशका नागरिकमा झन् पीडा थपिएको छ । यस्तो स्थितिमा मधेशका दलहरु फेरि आन्दोलन गर्न भनेर काठमाडौं आएका छन् ।
संविधानको विपक्षमा आन्दोलन गरेका दलहरु संसदको निर्वाचनमा सहभागी भइसकेका छन । यसले उनीहरुले नयाँ संविधानलाई स्विकारेको बुझाउछ । यसर्थ ः उनीहरु आन्दोलनलाई सुरक्षित अवतरण गराउँन चाहन्छन् भन्ने बुझाउँछ । यसप्रति सरकार जिम्मेवार हुनु पर्छ । आन्दोलनकारीको जायज माग पूरा गर्न सरकार हिचकिचाउनु हुँदैन र नाजायज माग राखेर उनीहरु उग्र भइरहनु पनि देशहीत विपरित छ ।
अहिलेसम्मको सानाठूला सबै आन्दोलन वार्ता र संवादबाटै समाधान भएको इतिहास छ । यसर्थ ः यो आन्दोलन पनि वार्ता र संवादकै माध्यमबाट निष्कर्षमा पु¥याउनुको विकल्प छैन । यसप्रति आन्दोलनरत पक्ष र सरकार दुवै सचेत र जिम्मेवार हुनु पर्छ ।
न्युज 24बात
Sunday, 15 May 2016
मधेशी दलहरुको आन्दोलन:सदरमुकाम-दशगजा-नाकाबन्दीको क्रुर अस्त्र हुँदै राजधानी सम्म
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment