Friday, 13 May 2016

आज टुँडिखेलमा सोनाक्षीको डान्स र मलाइकाको आइटम डान्स

शनिबार, १ जेठ
काठमाडौ । भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका अरोरा खानले आज काडमाडौको टुँडिखेलमा आफ्नो प्रस्तुती दिने भएका छन ।
गत वर्ष नेपालमा आएको बिनाकारी भूकमपीडितको सहयोगको लागि सैनिक श्रीमती संघले कन्सर्टमा प्रस्तुतीको लागि दुबै जना शुक्रबार नै काठमाडौ आइपुगेका हुन ।
टुँडिखेलमा ‘अमरपन्छी’ ले आयोजना गरेको अमरपक्षी नामको कन्सर्टमा दुबै जनाले नेपाली दर्शकलाई आफ्नो प्रस्तुतिद्वारा मनोरञ्जन दिदै छन ।
यस्तै अभिनेत्रीले सोनाक्षी सिंहाले आफनो फेसबुक मार्फत उनले आफनो यो पहिलो नेपाल भ्रमण उल्लेख गरेकी छिन ।
उनले सैनिक श्रीमती संघले निमन्त्रणा दिएकोमा धन्यवाद दिदै आज टुडिखेलमा हुने कन्र्सटमा आफुसंगै डान्स गर्नका लागि नेपाली दर्शकलाई ह्यासट्याग टुगेटर फर नेपाल भनेर पोष्ट गरेकी छिन ।nepalsandesh

No comments:

Post a Comment