काठमाडौं, १३ जेठ । राष्ट्र र राष्ट्रियताका हितमा सशक्त अडानका प्रस्तुत भइरहेको सत्तारुढ दल नेकपा एमाले फुटाउन भारतबाट गुप्तचरको टोली नेपाल प्रवेश गरेको खुलासा भएको छ ।
ती गुप्तचर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सुरक्षा सल्लाहकार अजित डोबलको योजनामा अबको २ महिनाभित्र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न परिचालित भएको हुन् ।
एमाले फुटाएरै भएपनि सरकार ढाल्ने म्याण्डेडसहित उनीहरु गतसाता मात्रै काठमाडौं ओर्लिएको स्रोतले बतायो । काठमाडौं आएदेखि उनीहरु राजधानीको ठूलो होटलमा बसेर सबै पार्टीका नेताहरुलाई भेटिरहेका छन् ।
त्यसमा एमालेका नेपाल पक्षका नेताहरु पनि रहेको बुझिएको छ । उनीहरुलाई भारतका गुप्तचर अधिकारीले आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।
स्रोतका अनुसार कांग्रेसलाई प्रयोग गरेर सरकार ढाल्ने अघिल्लो प्रयास असफल भएपछि जेट एयरको जहाजबाट अघिल्लो साताको विहीबार अपराह्न भारतीय गुप्चर अधिकारी मिस्टर जोशी र मिस्टर धारिवाल नेपाल आएका हुन् ।
पैसाको बलमा शक्तिकेन्द्र हातमा लिने, पार्टी फुटाउने तथा अन्य रणनीतिमार्फत ओली सरकार ढाल्ने उनीहरुको योजना रहेको छ । अर्थात जेठ १५ गतेको बजेट पारित भएपछि अनेकन उपायहरु लगाएर ओलीलाई बालुवाटारबाट निकाल्ने उद्देश्यका साथ उनीहरु लागिपरेका छन् ।
प्रारम्भिक लक्षण देखिन थाल्यो
भारतीय गुप्तचर नेपाल आएको ठ्याक्कै एक हप्ता भयो । यो बीचमा विभिन्न लक्षणहरु देखिन थालेका छन् । जस्तोकी एमालेमा माधव नेपाल पक्ष एकाएक उग्र रुपमा प्रस्तुत हुँदै विस्फोट हुने सम्मको कुरा गर्नु । अलग्गै गुटको भेला बोलाउनु । देशभरी गुटको मात्र कार्यक्रम गर्ने घोषणा गर्नु । झलनाथ खनालले पनि केपी ओलीको आलोचना गर्नु । योगेश भट्टराईले महासचिव पोखरेललाई पत्र पठाएरै चेतावनी दिनु आदि । यसले के देखाउँछ भने बाहिर सबैलाई जितेको एमाले आफ्नै भित्र हार्दैछ । अर्थात ओली र नेपाल पक्षको गुटगत दुरी बढ्दैछ । यसलाई पार्टी अलग हुने प्रारम्भिक लक्षण मान्न सकिन्छ ।
भारत किन हटाउन चाहन्छ ओलीलाई ?
छोटकरीमा भन्दा केपी ओली सरकारको नेतृत्वमा आएपछि नेपालमा भारतको नाङ्गो हस्तक्षेप र रजाई कम हुँदै गएको छ । र नेपालले चीनसँग आफ्नो सहकार्य बढाइरहेको छ । चीनले नेपालको विकासमा आफ्नो पहुँच बढाएको छ । जसले भारतको एकाधिकार तोडिएको छ । जून भारतलाई मन परेको छैन् ।
अर्काे भारतले चालेका कदमहरु धमाधम असफल भइरहेका छन् । जस्ताको कि सरकार परिवर्तन । आफूले चाँहेको बेला सरकार परिवर्तन गर्न सक्छु भन्ने भारतको दादागिरी ओलीको पालामा सफल भएन् । जून भारतका लागि ठूलो धक्का हो । यसको बदला लिन पनि भारत ओलीलाई हटाउन चाहन्छ ।
महासचिव ईश्वर पोखरेलबाट आयो मार्मिक भनाई
पार्टीमा नेपाल पक्षले निहुँ खोज्दा दुरी बढ्दै गएपछि एमाले महासचिव ईश्वर पोखरेलले चिन्ता जनाएका छन् ।
विहीबार पार्टी कार्यालयमा प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गर्दै पोखरेलले पार्टीमा पछिल्लो समय बढेको दुरीमा चिन्ता व्यक्त मार्मिक भनाई राखेका हुन् ।
उनले भने- ‘जबजब एमालेले बाहिरी लडाईँ जित्छ, अनि नेतृत्वको अडानले मुलुक सही दिशामा अघि बढछ, तब पार्टीभित्रैबाट ती उपलब्धीमाथि धावा बेलिन्छ ।’
Thursday, 26 May 2016
एमाले फुटाउन भारतीय गुप्तर नेपाल पस्यो, महासचिवबाट आयो मार्मिक भनाई
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment