काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपालले भारतसंग निहुँ खोज्नु मुर्खता भएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतजस्तो शक्तिशाली राष्ट्रलाई जिस्काएर नेपालले ठूलो गल्ती गरेको बताएका हुन् ।
‘भारत नेपालभन्दा धेरै विकसित र सक्षम राष्ट्र हो’ उनले भने, ‘भारतकै भरमा दैनिकी चलाउने हामी नेपालीले भारतलाई जिस्काएर केही हुनेवाला छैन ।’ भारतसँग सम्बन्ध सुधार गर्न लागि पर्नुपर्ने भन्दै गगनले भारतलाई निहुँ खोजेर नेपालका नेताले ठूलो गल्ती गरेको बताए ।
नेपालीका अधिकांश शीर्ष नेताहरु समेत भारतले जन्माएको उनको दावी थियो । ‘भारतसँग निहुँ खोज्ने नेता त मुर्ख नै भइहाल्यो, त्यही भारतको विरुद्धमा उत्रिने नेपाली झन् भेडा हुन् । हामीले कहाँ सक्छ भारतसँग निहुँ खोजेर’ गगनले भने ।
गगन भारतसँग नजिक रहेको नेताको रुपमा चिनिन्छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएर समेत ठूलो गल्ती गरेको भन्दै उनले सरकारले भारतसँग माफी माग्नुपर्ने समेत बताए ।
नेपालको रक्षा गर्दै आएको भारतलाई सार्वजनिक रुपमा तथानाम गाली गरेका नेताहरुले भारतमा पुगेर माफी माग्नुपर्ने उनको भनाई थियो ।
गगनले भारतसँग लामो समयसँग परजीवी भएर बस्न नहुने भन्दै नेपालले स्वदेशमै सम्भावनाको खोजी गर्नुपर्ने र त्यसका लागि भारतको सहयोग लिनुपर्नेमा जोड दिए ।-नेपालसन्देश
Wednesday, 11 May 2016
भारतसंग निहुँ खोज्नु मुर्खता-भारतको विरुद्धमा उत्रिने नेपाली भेडा:गगन थापा
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment