गोरखा भूतपूर्व सैनिक संघ (गेसो) आफ्ना नागरिकलाई बेलायती सेनामा भर्ती गर्नमा रोक लगाउन सरकारसँग माग गरेको छ।
गेसोले गोरखा भर्तीको वैधानिकता सम्बन्धमा सोमबार काठमाडौंमा राष्ट्रिय भेला गरेर बेलायती सेनामा नेपालीको भर्ती सम्बन्धमा अहिलेसम्म कुनै सन्धी सम्झौता नभएको भन्दै विना सम्झौता आफ्ना नागरिकलाई बेलायती सेनामा भर्ना हुन नदिन माग गरेको हो।
गेसोले विना सम्झौता बेलायतले नेपाली नागरिकलाई उसको सेनामा भर्ती गर्नु नेपालको सार्वभौमसत्तामाथिकै आक्रमण भएको बताएको छ । गेसोका अध्यक्ष पदमबहादुर गुरुङले बेलायती सेनामा आफ्ना नागरिकलाई पठाउँदा फाइदा हुन्छ/हुँदैन भन्ने बारेमा सरकारले अध्ययन गर्नुपर्ने बताए।
उनले तत्कालीन राणा शासकहरुले आफ्नो सत्ता लम्ब्याउनका लागि विना सम्झौता नेपाली युवालाई बेलायती सेनामा भर्ती हुन दिएको भन्दै सरकारले तत्काल भर्ती रोक्नुपर्ने बताए।
गेसोले पहिलो र दोस्रो विश्वयुद्धमा ६० हजार गोरखा सैनिकको मृत्यु भएको भन्दै सरकारले यस विषयमा बेलायतसँग आवश्यक जानकारी माग्ने हिम्मत गर्नुपर्ने बताएको छ । आफ्ना युवालाई बेलायती सेनामा पठाएर नेपालले कुनै लाभ नपाएको गेसोको भनाइ छ ।
Tuesday, 24 May 2016
यस कारण बेलायती सेनामा नेपाली भर्ती गर्न रोक लगाउनुपर्छ
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment