Monday, 30 May 2016

भान्छामा छरितो हुने तरिका

 
    प्याज काट्दा आँसु आउँछ भने प्याजलाई केही समय फ्रिजमा राख्नुपर्छ । 
    यदि घरमा पनिर बनाइँदैछ भने त्यसको पानी आटा मुछ्न प्रयोग गर्न सकिन्छ । किनभने यसमा क्याल्सियम, प्रोटिन आदि पौष्टिक तत्व हुन्छ । 

    दूध तताउँदा उम्लिएर पोखिने डर भए, दूध तताउने भाँडा वरिपरी तेल लगाउनुपर्छ । 

    कागती काट्नुअघि तातो पानीमा केहि क्षण डुबाउनुपर्छ, यसबाट कागतीको रस राम्रोसँग निस्कन्छ । 

    महिनामा एकपटक मिक्स्चर ग्राइन्डरमा नुन हालेर चलाउनुपर्छ, त्यसले गर्दा ब्लेड 
धारिलो हुन्छ । 

    नुडल्स उमालेपछि त्यसमा चिसो पानी हाल्नुपर्छ ।

No comments:

Post a Comment