आइतबार, २६ वैशाख
काठमाडौ । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुठो बोलेको भारतले निष्कर्स निकालेको छ ।
प्रधानमन्त्रीले हिजो एक टेलिभिजन कार्यक्रममा राष्ट्रपतिको भारत भ्रमणको समय निश्चित भई नसकेको दावी गर्दै त्यस विषयमा कुराकानी भईरहेको अवस्थामा भ्रमण स्थल उज्जैनमा प्राकृतिक प्रकोप आएकोले भ्रमण स्थगित गरिएको उल्लेख गरेका थिए ।
नेपालकी राष्ट्रपतिको भारत भ्रमण अचानक स्थागित हुनु र प्रधानमन्त्री ओलीले स्थगतको कारण बारे दिएको स्पष्टिकरणको विषयमा नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालयको साउथ ब्लकमा गंभिर छलफल भएको थियो ।
छलफलले नेपालको आग्रहमै राष्ट्रपतिको भारत भ्रमणको मिति तय भएर २७ गते नयाँ दिल्ली आउने र त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ताको समय तालिका समेत तय भएर सार्वजनिक भईसकेको अवस्थामा नेपालका प्रधानमन्त्रीले त्यस्तो नभएको बताउनुले झुठको खेति गरेको निष्कर्स निकालेको स्रोतले जनाएको छ ।
भ्रमण अचानक स्थगित गरेकोमा भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले आश्चर्य प्रकट गर्दै नेपाल सरकारले झुठो विवरण प्रस्तुत गरेको निष्कर्स निकालेको स्रोतले जनाएको छ ।
nepalsandesh
Sunday, 8 May 2016
भारतले नेपाललाई यस्तो तुच्छ आरोप लगाएपछि अब के होला ?
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment