जयनेपाल फाउन्डेसनको सहयोग धुर्मुस–सुन्तली फाउन्डेसनलाई वैशाख ३१ | सीता रसाइली सिड्नी –कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को धुर्मुस –सुन्तली फाउन्डेसनद्वारा सन्चालित सिन्धुपल्चोक गिरान्चोक एकिकृत नमुना बस्ती निर्माणका लागि अष्ट्रेलियाबाट जयनेपाल फाउन्डेसनले आर्थिक रुपमा सघाउने भएको छ । जय नेपाल फाउन्डेसनको अगुवाइमा गत बिहीवार ११ मे देखि आगामी शुक्रबारसम्म सामाजिक संजालमार्फत १ हप्ते आर्थिक सहयोग संकलन अभियान सुरु गरेको फाउन्डेसन्का अभिन्यता हेनसन विश्वकर्माले जानकारी दिए ।
विश्वकर्मा भन्छन्, ‘सुरुकै दिनमा करीब नौ सय उनन्सत्तरी डलर ( $९६९.११ ) सहयोग संकलन भईसकेको छ र संकलित सहयोग पुरै पारदर्शी बनाउने छौं, सोहिअनुरुप सबै दाताहरुको नाम हामीले फेसबुकमार्फत सार्वजनिक गरिसकेका छौं ।’ यसैगरी फाउडेशनका अर्का अभियन्ता बिष्णु सापकोटाले अस्ट्रेलियाबासी नेपालीसँग सहयोगको लागि अपिल गरेका छन् । हामी प्रबासमा हुनेहरु भौतिक योगदान गर्न असमर्थ रहेपनि आर्थिक योगदान गरेर यस परोपकारि कार्यको हिस्सा बन्न सक्छौं । यो महान अभियानलाई साथ दिने अष्ट्रेलियामा बस्ने सम्पूर्ण देशप्रेमि नेपालीहरुलाई हामी आग्रह गर्दछौं भन्दै पारदर्शितामा बिश्वास गर्छौं । पैसा पठाउँदा आफुले पठाएको रकम र नाम स्पस्ट लेख्नुहोला किनकी सहयोग गर्ने दाताहरुको नाम र रकम धुर्मुस–सुन्तलि फाउन्डेसनको आधिकारिक फेसबुक पेज र बस्ति बन्ने सामुदायिक भबनमा समेत लेखिनेछ ।
उनले भने । भुकम्पबाट प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ को गिरानचौरका ६५ घर धुरिका ५१५ परिवार सदस्यलाई भूकम्प प्रतिरोधात्मक एकीकृत नमुना निर्माण आउँदो दसैंको घटस्थापना सम्ममा हस्तान्तरण गर्ने जनाइसकेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा सहयोगी हातहरु सबैसँग अपिल गरेको छ । यसअघी पनि राहत वितरण, चर्पी बनाउने, नुवाकोटमा सात कोठाको विद्यायलय र काभ्रेमा २० घरको नमुना बस्ती बनाइसकेयो पत्रमा उल्लेख गरिएकोछ । धुर्मुश–सुन्तली फाउन्डेशन्ले आर्थिक सहयोगको अपिल गर्दै जयनेपाल फाउन्डेशन्लाइ अधिकारिकरुप्मा पत्र पठएको थियो ।
Friday, 13 May 2016
जयनेपाल फाउन्डेसनको सहयोग धुर्मुस–सुन्तली फाउन्डेसनलाई ।
Labels:
buty tips
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment