काठमाडौँ, १२ जेठ – गत वर्ष किनेको चार रोपनी जग्गाको ऋण तिर्न सपरिवार भारत, हिमाचल प्रदेशको गढवालमा मजदुरी गर्न पुगेका काप्रेचौर ५ स्वामीबासका एकै परिवारका ५ जना सहित १० नेपालीको ज्यान गएको छ।
दुई छोरी, एक छोरा र पत्नीसहित गत वर्ष पुसमा भारत गएका ५० वर्षीय दिपक बादीको परिवार पहिरोमा परेको हो। मृत्यु हुनेमा दिपक सहित पत्नी ४५ वर्षीया कुमारी देवी, १४ वर्षीया छोरी सिर्जना, १२ वर्षीया तारा, १८ वर्षीया छोरा भरतबहादुर बादी रहेका छन्।
गाउँबाट गढवाल काममा लैजाने ठेकेदार बीरबल बुढाथोकीको साथमा मजदुरीका लागि पुगेका उनीहरुको आइतबार राति पहिरोले पुरीदा मृत्यु भएको हो। आजको नागरिक दैनिकमा खबर छ।
Tuesday, 24 May 2016
ऋण तिर्न भनि सपरिवार भारत मा मजदुरी गर्दै आएको पहिरोमा परी एकै परिवारका ५ जना सहित १० नेपालीको मृत्यु
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment