Thursday, 19 May 2016

टीकाटालो गरेर बिहे मिति तोकियो तर जन्ती आएनन्

जेष्ठ ६
पर्सा–दाइजोको कारण विवाह इन्कार गर्ने महुबन गाविस–३ बस्ने ४५ वर्षीय गणेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
साहका छोरा २३ वर्षीय गौरीशंकर साह र पर्सा लखनपुर गाविस–४ बस्ने १९ वर्षीया युवतीबीच सामाजिक परम्परा अनुसार गत बैशाख १७ गते बिबाह हुने तया भएपछि टिकाटालो भएको थियो । बिहेको दिन पनि तोकियो। तर दुलाहाका बावु साहले दाइजो कम भएको भन्दै पूर्वघोषित मितिमा विबाह ईन्कार गरी बिबाहको जन्ती नल्याएको भन्ने सूचनाको आधारमा खटि गएको प्रहरीले साहलाई पक्राउ गरेको हो । साहलाई सामाजिक ब्यबहार (सुधार) ऐन २०३३ बमोजिम कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साथै फरार रहेका उनका छोरा गौरीशंकर साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
-नागरिक न्यूजबाट

No comments:

Post a Comment