Tuesday, 3 May 2016

प्रहरीलाई घुस खुवाउन परिचालन गरेको ५० लाख सहित पक्राउ

बैशाख २१
लागू औषध कारोबारमा संलग्न भएर फरार भएका धादिङ सत्यदेवी गाविस ८ का पूर्ण बहादुर पाख्रिनलाई प्रहरीले ५० लाख रुपैयाँसहित पक्राउ गरेको छ।
धादिङ र नुवाकोटमा लुक्दै आएका उनलाई लागू औषध नियन्त्रणबाट खटेको प्रहरीको टोलीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो । उनी अन्तर्राष्ट्रियस्तरमा लागू औषध एम्फेटामाइन तस्कर गर्दथे । उनका दाजु धर्म थाइल्याण्डमा बसेर लागू औषध कारोबार गर्दछन् ।
नेपाल प्रहरीको आग्रहमा थाइ प्रहरीले पनि धर्मलाई खोजिरहेको छ। गत चैत ३० गते काठमाडौंबाट नेत्र गुरुङ र चित्र तामाङ ३ सय २ ग्राम एम्फेटामाइनसहित पक्राउ परेपछि धर्म थाइल्याण्डमा सम्पर्क विहिन भएका छन्।
थप समाचार केही बेरमा...
-Setopati बाट

No comments:

Post a Comment