Tuesday, 31 May 2016

देवता रिसाउने डरले गोठमा बस्न बाध्य महिला

जेठ १८, जाजरकोट – यहाँको मजकोट गाविस वडा नं १ र २ का महिलाहरु देवता रिसाउने डरले महिनावारी भएको बेला छाउपडी गोठमा बाध्य भएका छन् ।
महिनावारी भएपछि घरमा बसेमा देवी देउता रिसाउने र नराम्रो हुने अन्धविश्वासका कारण छाउपडी गोठमा बस्न बाध्य भएको मजकोट–१ कि सविना खड्काले बताइन् । यी दुई वडामा करिव ८० भन्दा वढी घरधुरीका ५० भन्दा बढी महिनावारी तथा सुत्केरी भएको बेला बस्ने गोठ रहेको खड्काको भनाई रहेको छ ।
घरदेखि १ सय मिटर नजिक प्रत्येक महिला महिनावारी भएको बेलाका लागि भनेर छाउपडी गोठ निर्माण गरिएका हुन्छन् । महिनावारी, सुत्केरी हुन साथ घाम, पानी, चिसो, तातो केही नभनेर त्यही गोठमा गएर बस्न बाध्य हुनुपरेको मजकोट–२ कि कालीका कार्कीले दुखेसो पाखिन् । कार्कीका अनुसार छाउपडी गोठमा सुतेको बेला केहीलाई सर्प, विच्छीले समेत टोकेर ज्यान नै गुमाउनुपरेको छ ।
महिनावारी, सुत्केरी भएको अवस्था स्वास्थ्य परेको समस्यालाई बुझेर सरसरफाई, खाना, तातो, चिसो सबै मिलाउनुपर्ने भएपनि यहाँका अधिकांश महिलाहरु त्यो सेवासुविधाबाट वन्चित भएको पिडा सुनाएका छन् । महिनावारी भएको अवस्थामा यहाँका छात्राहरु विद्यालय समेत छोड्ने गरेका छन् । महिनावारी, सुत्करी भएको अवस्थामा दही, दुध, घ्यू समेत खाना नदिएर नुन, साग मात्र दिईने गरिएको छ ।रातो पाटीबाट

No comments:

Post a Comment