वैशाख २९, २०७३- कांग्रेस सांसद दीपक खड्काले ३० अर्ब राजश्व नतिरेसम्म एनसेलका सिम नचलाउने घोषणा गरेका छन् ।
बुधबार नीति तथा कार्यक्रममाथि संसदमा धारणा राख्दै खड्काले राजश्व नतिरेसम्म एनसेल नचलाउने घोषणा गरेका हुन् । उनले सभामुखमार्फत सिमकार्ड फिर्ता गरेको घोषणा गरे । खड्काले एनसेललाई कर जोगाउन सरकारको संलग्नता रहेको आरोप लगाए ।
‘संखुवासभा जिल्लामा जम्माजम्मी दुई अर्ब विकास खर्च छुट्टिन्छ,’ उनले भने, ‘१५ जिल्लालाई पुग्ने राजश्व छली गर्दा पनि सरकार के हेरेर बसेको छ ?’
खड्काले सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेमा पनि आशंका व्यक्त गरे ।
खड्का संखुवासभा– २ बाट निर्वाचित सांसद हुन् ।
ekantpur
Wednesday, 11 May 2016
सांसद खड्काको घोषणा, ‘३० अर्ब नतिरेसम्म एनसेल चलाउँदिन’
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment