जेठ ८ – फेसबुकमा निकै सामान्य ‘आई सी’ अर्थात मैले बुझेँ भन्ने अर्थ लाग्ने शब्द लेख्दा थाइल्याण्डमा एक महिलालाई राजाको अपमान गरेको आरोप लागेको छ । प्रहरी हिरासतमा रहेकी ति महिलाले थाइल्याण्डका राजाको अपमान गरेको पुष्टि भए १५ वर्षसम्म जेल बस्नुपर्ने हुन्छ । थाइल्याण्डको राजधानी बैंकक नजिकै बस्ने पटनारी चन्किचलाई फेसबुकबाट राजाको अपमान गरेको आरोप लागेको हो । थाइल्याण्डको प्राय घरमा हुने राजाको तस्बिर उनको घरमा पनि छ ।
उनी आफू देशभक्त नागरिक भएको र राजाको विरुद्ध केही नबोलेको बताउँछिन् । प्रहरीले भने एक राजनीतिक कार्यकर्तासँग फेसबुकमा कुराकानि गर्दा उनले राजा विरुद्ध आपत्तिजनक शब्द प्रयोग गरेको बताएको छ । प्रहरीका अनुसार उनले राजा विरुद्ध अपमानजनक शब्द प्रयोग गरेकी छिन्, उनले थाई भाषामा ‘जा’ लेखिन् जसको अर्थ अंग्रेजीमा ‘आई सी’ अर्थात बुझेँ भन्ने लाग्छ । दुई वर्षअघि सैनिक विद्रोह भएपछि थाइल्याण्डमा यस्ता खाले आरोपमा ६० जनाभन्दा बढीलाई कारबाही गरिएको बिबिसीले जनाएको छ ।
Friday, 20 May 2016
फेसबुकमा ‘आई सी’ लेख्दा १५ वर्षको जेल सजाय !
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment