पृथ्वी भन्दा एक सय गुणा ठूलो ग्रह पत्ता लागेको छ । अमेरिकी अन्तरिक्ष नियोग नासाको केपलर दूरबिनले एलियन तारालाई परिक्रममा गर्दै गरेको ग्रह पत्ता लगाएको हो ।
यो ग्रहको आकार पृथ्वीको भन्दा सय गुणा ठूलो छ । केपलर दूरबिनले अरु ९ वटा साना ग्रह पनि पत्ता लगाएको छ । यी ग्रहमा तरल अवस्थामा पानी रहेको हुन सक्ने र जीवनको सम्भावना पनि हुन सक्ने वैज्ञानिकले बताएका छन् । केपलर दूरबिनले एक वर्षमा पत्ता लगाएका १२ सय ८४ नयाँ ग्रहको सूचीमा यसलाई समेटिएको छ । यो यसअघिको भन्दा दोब्बर भन्दा बढी हो । सौर्यमण्डल बाहिर कुनै पनि ग्रहले तारालाई परिक्रमा गरेको यो नै सबै भन्दा ठूलो ग्रह रहेको नासाले जनाएको छ ।
स्पेस एजेन्सीका वैज्ञानिकले यस बारेमा मंगलबार छलफल गरेका छन् । किपलर दूरबिनले दिएको जानकारीको अध्ययनबाट पृथ्वी र नयाँ पत्ता लागेको ग्रह बिच कस्तो समानता छ भन्नेबारे पत्ता लगाउन सहयोग मिल्ने छ । नासाको किपलर मिसनका वैज्ञानिक डा. नाटालिए बाटाल्हाले आकाश गंगामा १० अर्ब भन्दा धेरै ग्रह छन्, जसमा जीवनको सम्भावना हुन सक्छ । यस्ता जीवनको सम्भावना रहेको ग्रह पृथ्वीबाट ११ प्रकाश वर्षको दूरीमा रहेको डा. बाटाल्हाले बताएका छन्
Wednesday, 11 May 2016
पृथ्वी भन्दा सय गुणा ठूलो ग्रह भेटियो, नयाँ ग्रहमा जीवनको सम्भावना
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment