काठमाडौँ : ट्राफिक प्रहरीले जरिवाना रकम बढाएको विरोधमा ४ वटा यातायात सम्बद्ध मजदुर संगठनले जेठ १३ गते चक्काजामको घोषणा गरेका छन्।
ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युनतम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागू गरेको छ। त्यसै अनुसार जरिवाना रसिद काट्न सुरु गरेपछि मजदुर संगठनहरुले आन्दोलन घोषणा गरेका हुन्।
नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघले संयुक्त रुपमा जेठ १३ गते मुलुकभरका आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिने घोषणा गरेका हुन्।
जरिवानावापत चालकहरुबाट असुल्ने रकमको १५ प्रतिशत कमिशन रकम जरिवाना लिने ट्राफिक प्रहरीले पाउने भएकाले गलत तरिकाबाट ऐन संशोधन गरेर जरिवाना शुल्क वृद्धि गरी कमिशनको राशी बढाउन ट्राफिकहरु परिचालित भएको संगठनहरुको आरोप छ।
उनीहरुले विज्ञप्ति प्रकाशित गरी जरिवाना पुरानै कायम नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन्।
ट्राफिक नियम उलंघनका घटना नियन्त्रण भन्दै जरिवाना बृद्धि गरिएको भएपनि भौतिक पूर्वाधारहरुको विकास र सडक प्रयोगकर्ताहरुको चेतना अभिवृद्धि गर्ने कार्यक्रम नगरीएकाले जरिवाना वृद्धि मार्फत मजदुरहरुबाट आर्थिक शोषणले मात्र समस्याको समाधान हुन नसक्ने संगठनहरुले जनाएका छन् ।
यस्ता छन् आन्दोलन कार्यक्रम
पहिलो चरणको कार्यक्रम अनुसार उनीहरुले जेठ २ गते बाट जरिवाना रसिदको अवज्ञा , जेठ १० गते देशव्यापी माइकिङ र पर्चा वितरण, ११ गते बसपार्कहरुमा विरोध सभा र १३ गते चक्काजामको कार्यक्रम गर्ने जनाएका छन्।
प्रथम चरणबाट पनि राज्यले सुनुवाई नगरे अनिश्चितकाल सवारीसाधन ग्यारेज थन्काइने नेपाल यातायात मजदुर संघका महासचिव धर्मराज भण्डारीले बताए। सत्तारुढ एमाले आवद्ध संगठनका महासचिव भीमज्वाला राईले राज्यले यातायात मजदुरका समस्याका बारेमा कुनै प्रकारको चासो नराखेकोले आन्दोलन गर्नुपरेको बताए।
विज्ञप्तिमा नेपाल यातायात मजदुर संघका महासचिव धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका महासचिव राजेन्द्र शर्मा र अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका सचिव सुर्य तामाङले हस्ताक्षर गरेका छन्।pahalopast
Tuesday, 17 May 2016
जेठ १३ गते चक्काजाम, ट्राफिक प्रहरीले जरिवाना बढाएको विरोधमा सार्वजनिक यातायात नचल्ने
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment