काठमाडौँ, २३ बैशाख । रोजगारीका लागि कतारमा पुगेर अलपत्र परेकी रामेछाप खिम्ती–७ की विष्णु अधिकारीको प्रहरीले उद्धार गरेको छ । माघ १९ गते कतार गएकी अधिकारीले सहमती अनुसारको काम तथा तलब समेत नपाई खान बस्न समस्या भई अलपत्र परेकोले उद्धार गरी दिनुहुन भनी उनका श्रीमाने निवेदन दिएका थिए ।
निवेदनका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले कतार स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी मंगलबार निजलाई उद्धार गरी नेपाल ल्याइएको छ ।
No comments:
Post a Comment