काठमाडौं–सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई अवहेलना मुद्दामा जवाफ दिन तीन दिनभित्र उपस्थित हुन अादेश दिएकाे छ। कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले दाहाललाई बोलाउने आदेश गरेको हो।
दाहाल विरुद्ध जेठ ४ गते अदालत अवहेलना मुद्दा दायर भएको थियो। द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी मानहानी गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले जेठ ४ मा रिट दायर गरेका थिए।
गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाइए विद्रोह गर्ने धम्की दिँदै दाहालले गत भदौ ५ गते ‘अदालतको जात के हो ?’ भन्ने अभिव्यक्ति दिएका थिए।
दाहालको अभिव्यक्तिबाट सर्वोच्च अदालतको मर्यादामाथि गम्भीर आघात पुगेको र त्यसबाट अदालतको अवहेलना भएको निवेदनमा जिकिर गरिएको छ। सर्वोच्चले उक्त मुद्दामा आरोपित मध्ये एकलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। दाहालले सर्वोच्चको उक्त आदेश कार्यान्वयन गर्न खोज्दा जिल्ला अदालत र सर्वोच्चविरुद्ध अभिव्यक्ति दिएको निवेदनमा उल्लेख छ ।
निवेदकले दाहाललाई सर्वोच्च अदालत ऐन २०४८ को दफा ७ बमोजिम अदालतमा उपस्थित गराई हदैसम्म कारबाही गर्न माग गरेका थिए। उक्त दफाबमोजिम दाहाललाई एक वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनुपर्ने निवेदनमा उल्लेख थियो।sajha page
Tuesday, 24 May 2016
दाहाललाई सर्वोच्चले बोलायो
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment