कतार, ८ जेठ । शान्तिका अग्रदूत गौतम बुद्धको २५६० औ बुद्ध जयन्ती पूजाआजा सहित विविध कार्यक्रम गर्दै गत शुक्रबारका दिन कतारको नेपाली दुताबासको प्रांगणमा सम्पन्न भएको छ ।
कतार स्थित नेपाली दुतावास र गैर आवासीय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद कतारको विशेष सहयोगमा नेपाल मगर संघ , तमु समाज , नेपाली प्रवासी तामाङ्ग समाज र थारु कल्याणकारिणस् सभा कतारको आयोजनामा बुद्धजयन्ती मनाईएको हो । विहान ८ बजेबाट बुद्धधर्मावलम्बीहरुले बुद्धधर्म अनुसार दुई किसिमको पुजापाठ गरेका थिए । पुजापाठका लागी नेपालबाट बुद्धगुरु ग्याम्जो लामा कतार आएका थिए । असिम पूजा र धम्मपूजा सकिए लगत्तै बुद्धजयन्तीको औपचारीक कार्यक्रम शुरु भएको थियो । २५६० औ बुद्धजयन्ती मुल समारोह समितीका संयोजक तथा तमु समाज कतारका अध्यक्ष खेम तमुको सभापतित्वमा सम्पन्न औपचारीक कार्यक्रमको प्रमुख अतिथीमा नेपाली दुतावास कतारका कार्यवाहक राजदुत मणीरत्न शर्मा रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक राजदूत मणिरत्न शर्माले गौतमबुद्धले विश्वसामु शान्तिको सन्देश प्रवाह गरेर मानव जगतमा सत्मार्गमा हिँड्न प्रेरणा प्रदान गरेको बतायका थिए । शर्माले प्रवासमा श्रमिकको समस्या र जटिलताको विषयमा दूतावास गम्भीर रुपमा लागिपरेको भन्दै सामाजिक सङ्घसंस्थाको रचनात्मक भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
दिप प्रज्वलन , राष्ट्रिय गान र मौन धारणसँगै उद्घाटन गरिएको कार्यक्रममा विशेष अतिथीहरु नेपाली प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यष सियाराम चौधरी , एनआरएनए आईसीसीका संरक्षक देवकाजी डंगोल , एनआरएनए आईसीसी सदस्य बिनोद अधिकारी र एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ्ग रहेका थिए । कार्यक्रममा कतारमा स्थापित विभिन्न राजनितीक , जातिय तथा सामाजिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । उपस्थित अतिथीहरुले गौतम बुद्धको बारेमा चर्चा गर्दै मन्तव्य राखेका थिए ।
नेपालको लुम्बिनीमा आज भन्दा २५६० बर्षअघी बैशाख शुक्ल पुर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो । ६ बर्षको तपस्यापछी ३५ बर्षको उमेरमा बैशाख शुक्ल पुर्णिमाकै दिन बुद्धत्व प्राप्ती भएपछी सिद्धार्थ गौतम भगवान बुद्धको रुपमा विश्व प्रसिद्धी भए । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्ने गर्दछन त्यसैले वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।
Sunday, 22 May 2016
२५६०औ बुद्ध जयन्ती कतारमा भव्यताका साथ मनाइयो
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment