सोमबार, १७ जेठ
एजेन्सी। कर्नाटकबाट दिल्ली आउने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार विमानलाई आइतबार राति जयपुर विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ ।
अधिकारीहरुका अनुसार दिल्लीमा अचानक मौसम खराब भएपछि मोदी सवार विमानलाई जयपुरमा आपतकालिन अवतरण गराएर दुई घण्टा राखिएको थियो ।
विमानस्थलमा विमान अवतरण गरेपछि पनि मोदी विमानबाट बाहिर भने निस्किएनन् । उनले विमानभित्रै राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेसँग राजनीतिक भेटवार्ता गरेका थिए ।
मोदीलाई भेट्न मुख्यमन्त्री राजे विमानस्थलमै पुगेकी थिइन् । उनीसँगै राज्यका मुख्यसचिव सीएस राजन, केही मन्त्री पनि विमानस्थल पुगेका थिए । मोदीले विमानभित्रै भेटवार्ता गरेका थिए ।
जयपुरमा प्रधानमन्त्री सवार विमान आपतकालिन अवतरण गर्ने सूचना पाउनासाथ विमानस्थलका अधिकारीहरु र सुरक्षा अधिकारीहरु विमानस्थल पुगेका थिए । मोदी जयपुरमै बस्ने सम्भावनालाई समेत ख्यालमा राख्दै सहरको सुरक्षा बढाइएको थियो । तर मौसममा सुधार आएपछि दुई घण्टाको बसाइ सकेर मोदी दिल्लीतर्फ प्रस्थान गरे ।
दिल्लीमा आइतबार आँधी आउनुका साथै र वर्षा भएको थियो । खराब मौसमका कारण आधा दर्जन उडान डाइभर्ट गरिएको थियो ।
Monday, 30 May 2016
यसकारण अचानक अवतरण गरियो भारतीय प्रधानमन्त्री मोदी सवार विमान
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment