Monday, 2 May 2016

डि एक्स एन ले मलेसियाका नेपाली माझ ब्रम्ह लुट मच्याउदै

आफ्नो जीवन स्तर उकास्न र पारिवारिक जिम्मेवारी लाइ सहजता पुर्ण रुपले चलाउन प्राय नेपालिहरु बिदेश तिर मजदुरी गर्न जाने गरेका बिसय कुनै नौलो भने होइन।आर्थिक

स्तर बलियो बनाउन परिवार लाई मीठो मसिनो खुवाउन र सिनित आवस्यकता पूरा गर्नका निमित्त प्राय हामी नेपालिहरु आफ्ना देश छाडेर सात समुन्द्रपारी मजदुरी गर्न जान्छौ देशमा रोजगारीको अभाब र बेरोजगार युवाहरु लाई कुनै सीप मुलुक तालिम अभिमुकरण तालिम तथा सरकारले युवा सक्तिको सहि मुल्यांकन नगर्दा र कुनै स्वरोजगार कार्यक्रम संचालन नगर्दा बिदेस पलायन हुन बाध्य छौ।असिक्षित र परिवार नै धान्न धाउ धाउ परेका निम्न स्तरका ब्यक्तिहरु मात्र वैदेशिक रोजगार अङालेका छैनन त्यसो त हातमा डिग्रीको को प्रमाणपत्र लिनेहरु लाई पनि बिदेसी मोहले तानिसकेको यथार्थ कुरा बिरलै देख्न र सुन्न पाइन्छ त्यो एक किसिम ले हेर्दा बाध्यता हो भने अर्को तर्फ अवसर र भबिस्य निर्माणको खोजी पनि हो।

हामी नेपालिहरु नेपाल सरकारले श्रम स्वीकृती दिएका देशहरुमा नजाने कुरै भएन कति त दलालिहरुको फन्दामा धेरौ कमाउने र जमाउने लालजमा सरकारले निषेध गरेका रास्ट्रहरुमा पनि अबैधानिक रुपमा आफ्ना ज्यानको प्रबाह नगरी जोखिम मोल्दै पनि गैरहेको कुनै नौलो ईतिहास भने होइन त्यसरी अबैधानिक रुपमा बिदेश गैरहदा कति कमाएर फर्कन्छ्न भने कति धेरै कमाउने लोभमा परि दलाल ले भने जति नै पैसा दिएर गएको उकास्न नसकेर बिचल्लीमा परेर फर्किरहेका समचार पड्नु हाम्रो दैनिकी जस्तै बनिसकेको छ।

यस्ता गतिबिधी उन्मुलन गर्न हरेक सरकारी निकाय संघ सस्था प्रहरी प्रसासन र मानव अधिकारबादी सस्थाहरु सक्रीय रहे पनि यो गतिबिधी रोक्न सफल हुन सकिरहेको छैन।तथापि हामी नेपालिहरु धेरै कमाउने छिट्टै जमाउने प्रलोभनमा परि दलालहरुले तोकेको रकम तिर्न राजी हुनु एक हाम्रो पनि गलती हो।धेरै कमाउने र परिवार लाई दीर्घकालीन सुख,आनन्द दिने सपनाहरु सजाएर हामी बिदेश पलायन हुन्छौ।साहु,ऋण गरेर पनि जसोतसो बिदेश त लाग्यौ अब त्यो नौलो ठाउँ,नया बाताबरण,नया समाजमा सोही देशको कानुन बमोजिम चल्नु पर्ने छ त्यसमा पनि मुख्य चुनौती भनेको सम्बन्धीत देशको भाषा सिक्नुमा हुन्छ।

दैनीक जसो काम गर्दै जान्छौ नियमित रुपमा त्यहाका ब्यक्तिहरु सङ चिनजान हुँदै जाने नजाने भाषा सिक्ने दाउमा क्रमिक रुपमा सक्रिय हुन्छौ र केही महिना वा बर्षमा त्यहाका भाषा पनि हाम्रो मस्तिष्कमा कब्जा जमाएर बस्छ।हामी नेपालिहरुको चाहिँ एक गजबको वाणी पनि छ नौलो कुरो छिट्टै सिक्न सक्ने र अरुको नक्कल गर्ने यद्यपि यो गुण त हुन जरुरी पनि छ किनकी हामी अर्काको देशमा छौ काम छिट्टै सिक्ने र

छिटो तलब बढाउने त्यो हाम्रो
मुख्य उदेस्य नै हुन्छ।बिस्तारै बिस्तारै समय बित्दै जान्छ त्यहाका रहन सहन,भाषा सस्क्रीती बुझ्दै जान्छौ त्यही अनुरुप अघि बढ्ने क्रम पनि जारी नै रहन्छ।र त्यहा बाट बिदेसिएका श्रमिक नेपालिहरु दुई दुई धारमा बिभाजित हुन्छन।पहिलो मजदुर बाट मालिक बन्छ भने दोस्रो चाहिँ मजदुर नै रहन्छ अब यहाँ बाट सुरु हुन्छ जिवनका वास्तविक भोगाइ र अनुभबहरु हामी नेपालीहरु कुनै नौलो काम र नया अनुभबहरु प्रती छिट्टै आकर्शित हुन्छौ।एउटा साधरण नेपाली मजदुरी गर्न बिदेश आयो मजदुरी बाट

मालिकमा रुपान्तरण भयो अब त्यही मौका बाट नै दोस्रो नेपाली मजदुर लाई मज्जाले आफ्नो इसारामा घुमाउन थाल्छ र ती मजदुरी गरेर दुई चार पैसा कमाउने श्रमिकहरु पनि उसैका पछि लाग्छन।मजदुर बाट मालिक अथवा ब्याबसायिक रुपमा स्थापित भइ सके पश्चात् उसले धेरै सङ लिन्क बढाउछ ताकी थप धेरै कमाउन सकु त्यो दाउमा हुन्छ।प्राय बिकसित मुलुकहरु र समृद्धि रास्ट्रहरु को मुख्य पेसा mlm अर्थात नेटवर्क ब्याबसाय जाहा आफ्नो सन्जालहरु बिस्वभरी छरेर त्यसबाट आम्दामी लिने गर्छन। त्यस्तै २/४ जना नेपाली जो स्थापित भइ सकेका हुन्छ्न तिनिहरुको लहरा त्यहा जोडिन पुग्छ ढुङा खोज्दा देउतै मिले जस्तो अब बिस्तारै त्यहा बाट फेरि त्यो सन्जाल बिस्तार गर्न त्यो बिदेसी नागरिकहरु ले नेपाली लाई प्रयोगमा ल्याउछन र तिनै नेपाली मजदुर माथी विशाल ब्याबसायिक सन्जाल बनाउछन।


प्रसङ अलिकता मोडौ नेपालिहरुका लागि रोजगारिको पहिलो गन्तव्य मलेशियामा नेपालि श्रमिकहरुको सङ्ख्या पनि करिब ७ लाख हारिहारिमा छन।आजकल मलेशियाका राजधानी क्वालालम्पुरमा प्राय सफा र चिट्टिक कपडा,रातो टाइ भिर्नेहरुको जमात निकै देख्न पाइन्छ!प्राय नेपालि श्रमिकहरुको सार्बजनिक बिदाका दिन कतै सेमिनर त कतै गोष्ठी भनेर होटल होटलमा चाहार्ने ती टाइधारिहरु को दृस्य देख्न पाउँदा लाग्छ कुनै सरकारी कर्मचारीहरु कै विशेष भेला रहे छ।तर त्यो हुदैन वास्तविक,श्रमिकहरुको उपस्थिति बिचमा भब्य प्रसिक्षण र ब्याबसायको बारेमा स्कुलिङ अग्रजहरुले दिरहेका हुन्छन त्यो हो एम एल एम अर्थात नेटवर्क ब्याबसाय डि एक्स एन ।


यो ब्याबसाय बारे हाम्रो चासो बड्नु अनुसन्धान गर्नु कुनै नौलो बिसय भने होइन।बिगत केही बर्ष अगाडि पनि हामी बिदेसिएका नेपालिहरु माथि त्यस्तै हर्बो इन्टरनेशनल र युनिटी जस्ता नेटवर्क ब्याबसायहरु ले ठगिईसकेका छौ।भबिस्यमा सुख पाइने,घरैमा बसी बसि धेरै आम्दानी गर्न सकिने,आफ्नो सन्ततिहरुको भबिस्य निर्माणमा टेवा पुर्याउने लगाएतका विभिन्न आस्वासन दिएर हाम्रो देशमा पनि स्थापित नभएका भने होइन तर नेपाल सरकारले मान्यता नदिदा पछि तिनिहरु लाई बन्द गराएको तथ्य हामी माझ आलै छ।त्यस्तो प्रलोभन देखाउदा मान्छेहरुले दीर्घकालीन भबिस्य

निर्माण हुने र सुरक्षीत भबिस्यको आधार मानेर आफू सङ भएको जाय जथा,चल,अचल सम्पती बेचेर पनि त्यो ब्याबसायको सदस्य बनेका पनि थिए भने कसै कसैले त आफ्ना हल गोरु सम्म बेचेर पनि दर्ता भएका थिए।त्यस्तै यहाँ मलेशियामा पनि कमाउन आएका लाखौ नेपाली श्रमिकहरु माथी मलेशिया मै उत्पादित डि एक्स एन नामक कम्पनिले भ्रम फैल्याएर प्रत्यक्ष ब्रम्हा लुट मचाइरहेका छन।हाम्रा नेपालि दाजु भाइ तथा दिदी बहिनिहरु भने उनिहरुको अन्धो भक्ती गाउदै र स्वास्थ्य हुने र आयु लमिने औसधि खादै गुलामी माथी पनि अर्को गुलामिका भार खेपिरहेका

छन।सिधा भाषामा भन्नू पर्दा त्यस कम्पनी द्वारा उत्पादित खाद्य विभिन्न रोगहरु सहजै निको पार्न सक्ने,कुनै भयानक रोग ब्यादी नलाग्ने,त्यो औसधि सेवन गरे निरोगी र स्वस्थ बन्ने भन्दै महिना भरी दुखले कमाएको तलब त्यसैमा खर्चिन्छन।जस्तै मानौ जीवन जिउन अमृत नै पाए जस्तो तर उनिहरु लाई के थाहकी चाइनिज कम्पनीले उत्पादन गरेका खाद्य सामानहरु नबिकेर सोझा नेपालिहरु लाई हतियार बनाइ कमाउने अस्त्र स्वरुप भ्रम छरिरहेको छ।


रातो च्याउ बाट उत्पादित ती खाद्यहरुले मानिसहरुको रोग निको पारेर निरोगी बनाउने भए सायद सबै भन्दा छिटो त मेडिकल र हस्पिटलहरु यति बेला बिस्वभरी बन्द भइ सक्थ्यो होला तर त्यसो हुन सकेन बिडम्बना हामी आफू मूर्ख भयौ र गुलामीको बाबजुत त्यसमाथी पनि थप गुलामीको भागेदार बन्दै छौ।हाम्रो होस कहिले खुल्ने यो २१औ सताब्दिमा पनि खुल्लम खुल्ला रुपमा मानिसहरु लाई ठगिरहदा र भ्रम छरिरहदा पनि मौन भएर त्यसकै पछि दैडिरहेका छौ ।साधरण ब्यक्तिहरु लाई कमाउने अस्त्र बनाइरहदा पनि चुपचाप भ्रमकै पछि लागेर कमाएको पैसा सक्न पछि पर्दैनौ?अझ कम्पनिमा लामो समय सम्म काम गर्यो भने कम्पनिले सम्मान स्वरुप फुलि र टाइ साथै सम्मान पत्र सस्थापकको हात बाट पाइने र अझै अगाडि राम्रो काम

गर्दै गए विभिन्न पदहरु बडुवा गर्दै सुबिधा दिने रहे छ।लाग्छ त्यो सब दृस्य सेवा,सुबिधा हेर्दा बुझ्दा कुनै प्रहरी प्रसासनको कार्यबिधी भन्दा फरक छैन कति सम्म मूर्ख छौ? एउटा बिदेसिले खोलेको कम्पनी आउछौ श्रम गर्न अनि विभिन्न प्रलोभनमा परि सारा तलब त्यसैमा खर्च गर्न पनि पछि पर्दैनौ कस्तो मोह लाग्यो कति सम्म बेबकुफ बनाइरहे छ जस्को नजर अन्दाजा नै छैन?हाम्रो सोचाइ किन यता तिर गएनकि यस्ता खाद्य बस्तु ले मानिसहरुको रोग निको हुने भए आज बिस्वभरी चर्चा हुन्थ्यो विश्वका सबै मेडिकल,हस्पिटल खारेज हुन्थ्यो र त्यही औसधिकै अत्यधिक प्रयोग हुन्थ्यो?

एकातिर परिवार लाई सुख सैल दिने र भबिस्यको खोजी गर्न आएका नेपाली श्रमिकहरु आज त्यही सामानको प्रयोग र झुटको खेतीको पछि लाग्दा कम्पनी बाट आएको तलबले खान सम्म धाउ धाउ परिरहेको छ।घरमा पैसा पठाउने कुरो परिवारको आवस्यक्ता पुर्तिका कुराहरु त परकै कुरा हो आखिर डि एक एन नेपालिहरुका लागि साचिनै दर्बिलो भबिस्यको आधार र अमृतनै हुन त भन्ने खुलदुली जो कोहि यो दृस्य देख्ने र सुन्नेहरुलाई लाग्न थालेको छ। अब यो बिसयमा हामी जस्ता सचेत नागरिकहरुले सोच्नै पर्ने बेला आएको छ भने यस्ता झुट र नेपाली श्रमिक लुट मच्चाउनेहरु प्रती सचेत हुन जरुरी छ।बोलिले ठुला ठुला रास्ट्रबाद र रास्ट्र निर्माणका बारे चिन्ता ब्यक्त गर्ने ब्यक्तिहरु लाई पनि यो मोहले तानिसकेको छ ।

सम्रीद्ध र बौद्धिक बिकासका अग्रपंक्तिमा दौडिएका राज्यहरुको दाजोमा हामी नेपाली श्रमिकहरु दाजिनु भनेको बोयल गाडामा अमेरिका जानू जस्तै हो।यस्ता कुराहरु लाई प्रतिबाद गरौ कृतिम बस्तुहरुको उपभोग कम गरौ साचिकै स्वस्थ्य जीवन र सुरक्षित भबिस्य चाहान्छौ भने स्वदेशमै लगानी गरौ बिदेशमा होइन।
लेखक : एकीकृत नेकपा माओवादीको प्रवास संगठन जनप्रगतिशिल नेपाली मञ्च मलेशियाका महासचिव हुनुहुन्छ ।

No comments:

Post a Comment