नायिका निशा अधिकारी कुमारी अामा बन्ने भएकी छिन् । बिहे गर्ने उमेर भए पनि अहिले सम्म बिवाह नै नगरी बसेकी नायिका निशा अामा बन्ने रहर लागेपछि अहिले त्यसैकाे लागि तयारीमा जुटेकि छिन् । तर उनले कसैकाे, गर्भ नै भने बाेक्न लागेकी हाेइनन् । अामा बन्ने रहरमा उनले निशाले अनाथ बालकलाई धर्मपुत्र बनाउने भएकी छिन् ।
नेपालको कानुनमा ३१ वर्ष नपुगेका नागरिकलाई धर्मपुत्र पुत्री राख्न नपाउने व्यवस्था भएको हुदाँ निशा केही समयका लागि भने तत्निकाल अामा बन्न नपाउने भएकी छिन् । जीवनमा विवाह गर्नैपर्छ र नगर्दा हुन्न भन्ने मानसिकता सार्वजनिक स्थानहरुमा भन्दै हिड्ने नायिका निशा अधिकारी सन्तान सुःखको निम्ति भने अनाथ बालबालिकालाई एडप्ट गर्ने मनस्थितिमा छिन् । यसका निम्ति निशाले अनाथ बालबालिकालाई हेरिसकेको पनि बताएकी छिन् ।
अमेरिका पुगेर निर्देशनको कोर्स सिकेर आएकी निशाले केही समय अघिमात्र सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । यिनै साहसी अनि महत्वाकांक्षी नायिका अब विवाहनै नगरी सन्तान सुख उपभोग गर्ने तयारीमा छिन्। निशालाई पुरुषहरुसंग किन वैराग र तीक्ष्णता जाग्यो यो उनको नितान्त व्यक्तिगत पक्ष हो । तथापि उनको यो कदमले केही अनाथ बालबालिकाहरुको उद्धार नै हुने देखिन्छ। त्यसो त हलिउड र बलिउडमा पनि थुप्रै नायिकाहरुले विहे नै नगरी बच्चा एडप्ट गरी सन्तान सुख उपयोग गरिरहेका छन् ।Light Nepal
Sunday, 22 May 2016
सगरमाथा चढेकी नायिका निशा अधिकारी बिवाह नै नगरी अामा बन्दै, आखिर उनको छोराको बाउ को हुन् ?
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment