गौर: रौतहटको सदरमुकाम गौर बजारमा केही दिनदेखि महिलाको एउटा समूह धुलोमाटो संकलन गर्न व्यस्त छ। गौरमा रहेका विभिन्न सुनचाँदी पसलअगाडि उनीहरूले धुलोमाटो संकलन गरेर सुनचाँदी खोजी गरेका हुन्।
सुन पसलनजिकैका नालामा समेत उनीहरूले सुन भेट्टाउने गरेको बताए। भारतको मध्यप्रदेशस्थित नागपुरनजिकैको गाउँबाट आएका ती मानिसले माटोको धुलोमा सुन खोजेर पैसा कमाउँदै आएका छन्।
उनीहरूले आफ्नो पेसा नै फोहोरमा सुन खोजेर बिक्री गर्ने रहेको बताए। केही महिनादेखि उनीहरू नेपालका विभिन्न बजारमा सुनचाँदीको खोजी गरिरहेका छन्।
गौरमा सुन खोज्दै गरेकी ६० वर्षीया कमर मडावीले भनिन्, ‘महिनामा १५ देखि २० हजारसम्म कमाइ हुन्छ।’ सुन खोज्नका लागि ३० जनाभन्दा बढीको समूह क्रियाशील रहेको उनले बताइन्।
उनीहरूको पुर्ख्र्यौ ली पेसा नै धुलोमा सुनचाँदी खोज्नु हो। भारत तथा नेपालका विभिन्न सहरहरूमा सुन खोजेर उनीहरूले आम्दानी गर्नुका साथै जीविकासमेत चलाइरहेका छन्।
तीनदेखि चार महिनासम्म काठमाडौं, नारायणगढ, हेटौंटा, वीरगन्ज, कलैया, गौर, मलंगवा, जनकपुरलगायत सहरमा सुन खोज्न आउने गरेको आरती मडावीले बताइन्।
सुन पसलवरिपरिको धुलोमाटो संकलन गर्ने र पानीले धुलो माटो छानेर उनीहरूले सुन फेलापार्ने गरेका छन्। पानीले छानेर भाँडामा थोरै बाँकी रहेको फोहोर आगोमा पोलेर उनीहरूले सुन छुट्ट्याउने गरेका छन्।
दिनमा एकजनाले दुईदेखि तीन लालसम्म सुन फेलापार्ने गरेका छन्। जम्मा पारेको सुन एक महिनामा बिक्री गर्ने गरको उनीहरूले बताए।
सुनका गहना बनाउँदा सुनका कण निस्कने र त्यो पसलवरिपरिको धुलो माटोमा हुने भएकाले उनीहरूले सुन फेलापार्ने गरेको सुन व्यवसायीको भनाइ छआजको अन्नपुर्ण पोस्ट मा खबर छ
Tuesday, 3 May 2016
फोहोरमा सुन खोजेरै जिबिको पार्जन गर्छन यी महिला
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment