Tuesday, 17 May 2016

तत्कालिन मुमाबडामहारानी रत्नराज्यलक्ष्मीको अचम्मको मन !

काठमाडौं–त्यहीँ, जहाँबाट कुनै बेला सिंगो देशको शासनसत्ता चल्थ्यो । महारानी खोक्दा पनि दरबारभरका आसेपासे सजग हुन्थे । र, आज त्यहीँ, जहाँ छानोबाट पानी झर्छ ।
बिजुली भनेको बेला बल्दैन । पिउने पानी पनि कहिलेकाँही त अभाव भइदिन्छ । र, महारानी कस्ता–कस्ता नजिकका मान्छे पनि नभेटी काल पर्खेर बसेकी छन् ।
नेपालकै एक जना दुःखी महारानीको प्रसंग हो यो । नारायणहिटीबाट तत्कालिन राजा र राजपरिवारका सबै नौ सदस्य विदा भइसकेको पनि ९ वर्ष पूरा भयो ।
तर, यी दुःखी महारानी न नारायणहिटी छाड्छिन्, न त्यहाँ सुखले बस्नै पाउँछिन् ।
उनी हुन्, राजा महेन्द्रकी पत्नी (तत्कालिन मुमाबडामहारानी) रत्नराज्यलक्ष्मी शाह ।

No comments:

Post a Comment