समयसँगै विकशित नयाँ नयाँ प्रविधिले दिनानुदिन केही न केही नयाँखोजका माध्यमबाट मानव जिवनलाई सहज बनाउँदैछ र असम्भव कुराहरुलाई पनि सम्भव बनाउँदैछ ।हालै डाक्टरहरुले आमा बन्ने क्रममा रहेका महिलाहरुका लागि एउटा यस्तो प्रविधिको विकाश गरेका छन् जसले गर्भवती महिलाहरुलाई आफ्नो पेटमा रहेको बच्चासँग साक्षात्कार गराउँछ ।
त्यो बच्चालाई छुन तथा काखमा लिन समेत सम्भव हुन्छ ।भलै यो हावादारी लाग्नसक्छ । पेटमा भएको बच्चालाई कसरी काखमा राख्न मिल्छ भन्नुहोला । तर यो साँचो हो । बेलायतको ल्यांकशायरस्थित बेबी बू नामक कम्पनीले थ्री डी टेक्नोलोजीको सहायताले यो कामलाई सम्भव बनाएको छ ।
यो कम्पनीले गर्भवती महिलाको पेटको स्क्यान गरेर बच्चाको थ्री डी तस्वीर पिन्ट गर्छ अनि आमा बुवाको हातमा हालिदिन्छ । आफ्नो पेटको बच्चाकै स्वरुपमा थ्री डी प्रिन्ट प्राप्त गरेपछि हुनेवाला आमाहरु खुसी नहुने कुरै भएन ।यो प्रविधिद्धारा महिलाले आफ्नो पेटमा रहेको बच्चाको दैनिक वृद्धिविकाश समेत अवलोकन गर्न सक्छन्, थ्री डी भर्सनमै । यो सेवाको डेढसय पाउण्ड शुल्क तिर्नुपर्ने बताइएको छ । यसले गर्भवती आमा र शिशुको स्वास्थ्यमा आउने समस्याको समयमै निराकरण गरी गर्भ खेरजाने लगायतका जोखिम घटाउने विश्वास गरिएको छ
Sunday, 15 May 2016
जन्मिनुभन्दा पहिले नै आमाबाबुले बच्चा खेलाउन सक्ने
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment