Thursday, 19 May 2016

विमान समुन्द्रमा खसेर दुर्घटना परेको घोषणा

६ जेठ, एजेन्सी ।
इजिप्सेली अधिकारीहरुले हराइरहेको विमान दुर्घटनामा परेको घोषणा गरेका छन् । फ्रान्सबाट इजिप्ट जाँदै गरेको ६६ जना सवार विमान आकाशबाटै वेपत्ता भएको थियो ।
इजिप्टका उड्यन अधिकारीहरुले विमानमा विष्फोटको आवाजपछि समुन्द्रमा खसेर दुर्घटना भएको पुष्टी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो जाँदै गरेको विमान आकाशबाटै सम्पर्कविहिन भएको थियो ।
MS804 नम्बरको उक्त विमानमा ५९ यात्रु र ७ जना चालकदलका सदस्य गरी ६६ जना सवार रहेको समाचारमा उल्लेख छ । यस अघी विमानमा ६९ जना रहेको भनिएको थियो ।nepaliheadlines

No comments:

Post a Comment