काठमाडौं, १३ जेठ । नेपालका लागि अमेरिकी राजदूत अलइना वि टेप्लिजले अमेरिकाले नेपाललाई अमेरिकी आँखाबाट नै हेर्दै आएको र त्यसरी नै हेर्ने खुलासा गरेकि छिन् ।
बिहीबार त्रिभुवन विश्व विद्यालयमा आयोजित ‘अमेरिकी विदेश नीति र दक्षिण एसिया’ कार्यक्रममा यस्तो धारणा रोखेकी हुन् ।
नेपालमा अमेरिकाले भारतको आँखाबाट हेर्ने भन्ने जिज्ञासा धेरै आउँने गरेको बताउँदै उनले भनिन, ‘नेपाललाई हामी हाम्रै आँखाले हेर्छौ । यदि अर्काका आँखाबाट हेर्ने नीति हुँदो हो त नेपालमा दूतावास नै रहँदैन थियो होला । हाम्रो सम्बन्ध छ । दूतावास छ ।’
यस्तो जिज्ञासाले अफूलाई आश्चर्य पार्ने गरेको समेत उनले बताइन । अमेरिकाले कुनै मुलुकलाई हेर्ने नीतिमा भारत वा अन्य कुनै मुलुकबाट कहिल्यै ‘आउटसोर्सिङ’ नगरेको स्पष्ट पारिन् ।
त्रिभुवन विश्व विद्यालयका एक विद्यार्थीले नेपाललाई अमेरिकाले भारतीय आँखाबाट हेरेको तर नेपालमा किन यति ठूलो दूतावास रहेको भन्ने जिज्ञासामा उनले भनिन, ‘दूतावासको साइज ठूलो या सानो त्यो प्राथमिकताको आधारमा तय हुन्छ ।
यहाँले भन्न खोज्नु भएको भारतीय आँखाबारे मैले आरम्भमा नै भनिसके । हामी आफ्नै आँखाले हेर्छौ कसैको साथमा आफ्नो परराष्ट्र नीति अघि बढाउँदैनौ ।’ छिमेकी भारत र चीनले गरिरहेको प्रगतिबाट नेपालले धेरै फाइदा लिन सक्ने उनले बताइन् ।Light nepal
Thursday, 26 May 2016
‘हामी कहिल्यै पनि नेपाललाई भारतीय आँखाले हेर्दैनौं’ अमेरिकी राजदूत टेप्लिज
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment