जेठ २
नयाँ संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेशवादी दलहरुको संघीय गठबन्धनले आईतबार सिंहदरबार घेराऊ गर्यो ।
राजधानी केन्द्रीत आन्दोलनलाई अघि बढाउने क्रममा आज पहिलो दिन गठबन्धनले माइतीघर मण्डला र हनुमानथानबाट सिंहदरबार घेराऊ गरेको हो ।
पहिचान र अधिकारको लागि भन्दै गरिएको आन्दोलनमा केही अनौठा दृश्य डिसीनेपालको क्यामरामा कैद भएका छन् । आन्दोलनलाई नियाल्ने क्रममा गठबन्धनलाई सहयोग स्वरुप विदेशी नागरिकहरुको पनि साथ देखियो ।
माइतीघर मण्डला क्षेत्रमा देखिएको दृश्यमा केही विदेशी नागरिकहरु टाउकोमा संघीय गठबन्धन, लिम्बुवान जिन्दावाद लगायतका नारा लेखिएको कपडा बाँधेर धर्नामा बसेको देखियो ।
डिसीनेपालका संवाददातासँग कुरा गर्दै उनीहरुले आफूहरु पढाईको सिलसिलामा इन्टनसीपको लागि नेपाल आएको बताए । सहभागी विदेशी नागरिकहरु नेदरल्याण्ड, क्यानडा र फ्रान्सका थिए ।
यस अघि मधेश आन्दोलनका विषयमा फेसबुकमा स्टाटस लेख्ने एक विदेशी नागरिकलाई तत्काल देश छोड्न नेपाल सरकारले आदेश दिएको विषय सेलाउन नपाउँदै यी विदेशी नागरिक सिंहदरवार घेराउ कार्यक्रममा सहभागी भएका हुन् ।- डिसीनेपाल डटकम बाट
Sunday, 15 May 2016
मधेशी गठबन्धनको सिंहदरबार घेराउमा विदेशी नागरिकको सहभागिता [फोटो फिचरसहित]
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment