काठमाडौं, १३ जेठ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेको छ ।
राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै सिटी एक्सप्रेसले फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । वैदेशीक रोजगारमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा परिवार र आफन्तसम्म ल्याउने काम गरिरहेको सिटी एक्सप्रेसले सामाजिक सहयोग स्वरुप सो रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गरेको छ ।
एक जोडी कलाकारले उदाहरणीय काम गरिरहेकाले उनीहरुलाई थप आँट र हौसला स्वरुप संस्थागत रुपमा सिटी एक्सप्रेसले आर्थिक सहयोग गरेको संस्थाका प्रवन्ध निर्देशक चन्द्र टण्डनले बताएका छन् ।
धुर्मुस सुन्तलीले वातावरणमैत्री, बालमैत्री एवं अपाङ्गमैत्री सिटी बनाउने योजनाका साथ अघि बढेकाले सिटी एक्सप्रेसले पनि सहयोग गरेको उनको भनाई छ ।
विदेशमा रहेका नेपालीहरुले गरेको विश्वासका कारण सिटी एक्सप्रेस प्रतिष्ठित बन्दै गएकाले उनीहरुको भावना बुझेर नै धुर्मुस सुन्तलीलाई सहयोग गरेको उनले स्पष्ट गरेका छन् ।
सहयोग रकम बुझ्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सिटी एक्सप्रेसले हालसम्मकै उच्च आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै गिरान्चौरलाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संस्थागत रुपमा सहयोग निकै कम मात्रै आएपनि व्यक्तिगत रुपमा सहयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको उनले बताएका छन् । सिटी एक्सप्रेसले गरेको सहयोगले आफुहरुलाई ठूलो हौशला मिलेको भन्दै उनले अन्य संस्थाहरु समक्ष पनि सहयोग अपिल गरेका छन् ।
यस्तै, पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले चार करोड भन्दा बढी अनुमानीत लागत रहेको बस्ती निर्माण गर्न हालसम्म ६० लाखको हाराहारीमा सहयोग जुटेको जानकारी दिएकी छिन् ।
सिटी एक्सप्रेसले गरेको जस्तै सहयोग अन्य संस्थाबाट पनि प्राप्त भएमा गिरान्चौरलाई सुन्दर बस्ती बनाउने सपना छिट्टै पुरा हुने उनले आशा व्यक्त गरेकी छिन् । सबै जुटेर सहयोग गरेमा भूकम्प प्रभावित सबै जिल्लामा एउटा एउटा नमुना बस्ती बसाउने उनको चाहना छ ।
लोकदोहोरी गायक भगवान भण्डारीले धुर्मुस सुन्तलीलाई दिए ५१ हजार
अमेरिका बस्दै आएका लोकदोहोरी गायक भगवान भण्डारीले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ५१ हजार रुपैँया आर्थिक सहयोग गरेका छन् ।
धुर्मुस सुन्तलीलाई भेटेर उनले आफ्नो स्वर्गीय बुवा आमा छविलाल भण्डारी र टिकादेवी भण्डारीको सम्झनामा धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त सहयोग गरेका हुन् । बुवाको १३ औँ दिनको पुण्य तिथिमा नेपाल आएको अवसरमा गायक भण्डारीले उक्त सहयोग धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् ।
उनले कलाकारले सुरु गरेको अभियानमा सहयोग गर्नका लागि सम्पूर्ण लोकदोहोरी गायक गायिकासँग अपिल समेत गरेका छन् । कलाकारले सुरु गरेको अभियानलाई कलाकारले नै साथ दिने हो भने थुप्रै सहयोगी हात सजीलै जुट्नेमा उनको विश्वास छ ।दैनिक नेपाल बात
Thursday, 26 May 2016
बस्ती बनाउन धुर्मुस-सुन्तलीले पाए अहिलेसम्मकै उच्च आर्थिक सहयोग
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment