Wednesday, 18 May 2016

गोंगबुमा गम्भीर सवारी दुर्घटना, चार जना घाइते

काठमाडौं, ६ जेठ । काठमाडौंको गोंगबुमा आज बिहान भएको सडक दुर्घटनामा चार जना घाइते भएका छन् ।
बिहान पौने ४ बजे बा १ ज २६९६ नम्बरको ट्याक्सी र बा ७३ प ७५५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मोटरसाईकल चालक गुल्मी घर भई हाल मित्रनगर बस्ने २३ वर्षीय केरसिंह बस्नेत, मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय सुरज बस्नेत रहेका छन् । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
त्यसैगरी ट्याक्सी चालक गुल्मी घर भई हाल बसुन्धरा बस्ने २२ वर्षीय पदम काउछा र ट्याक्सीमा सवार बसुन्धराका सागर भुजेल समेत घाइते भएका छन् । उनीहरूको ग्राण्डी अस्पताल धापासीमा उपचार भइरहेको छ ।दैनिक नेपाल

No comments:

Post a Comment